काठमाडौँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले चैत महिना भित्रमा अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । पश्चिम नवलपरासीको सुस्तामा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्वासीको समस्या दुई वर्षभित्र समाधान गरिसक्ने प्रतिबद्धता जनाए । लामो समयसम्म जमिन जोतभोग गर्दै आए पनि लालपुर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार…