२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

निःसन्तान ७३ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा सन्तान



एजेन्सी ।
भारतको आन्द्र प्रदेशमा ७३ वर्षीया एक वृद्धाले जुम्ल्याहा सन्तान जन्माएकी छिन्। गुन्टूर जिल्लाकी येरामति मंगायम्मा नामकी वृद्धाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी हुन्।शल्यक्रियामार्फत जुम्ल्याहा छोरीको जन्म भएको हो। नवजात शिशु र आमा स्वस्थ रहेको उनको शल्यक्रिया गरेका डाक्टर उमा शंकरले बताएको बिबिसीले जनाएको छ। ती बालिकालाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ। मंगायम्मा जुम्ल्याहा सन्तान जन्माउने सबैभन्दा वृद्धा रहेको अनुमान गरिएको छ। यसअघि धेरै उमेरमा बच्चा जन्माउने महिलाको रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउँसाडा लाराको नाम रहेको थियो। उनले २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएकी थिइन्। सन् २००७ मा भारतकै ओमकारी पनवारले ७० वर्षको उमेरमा दुई शिशुलाई जन्म दिएकी थिइन्।

मानिसहरू मलाई निःसन्तान, बाँझी भनेर धिक्कार्थे, मैले निक्कै पीडा सहेकी छु, त्यसैले पनि बच्चा जन्माउने निर्णय गरेकी थिएँ मंगायम्माले खुशी हुँदै भनिन्, मेरो जीवनमा यो सबैभन्दा धेरै खुसीको पल हो। उनका पति यरामति सीताराम राजाराव पनि निक्कै खुशी छन्। यो सबै डाक्टरहरूका कारण सम्भव भयो, मानिसहरू हामीलाई निस्सन्तान व्यक्ति भन्थे,अब त्यो सकियो। हामी यी दुई बालिकाको निक्कै राम्रो हेरचाह गर्नेछौँ उनले भने। उनीहरू ९ महिनादेखि अस्पतालमै छन्। यो दम्पत्ति गोदावरी जिल्लाको नेलापर्तिपडु गाउँमा बस्छन्। १९६२ मार्च २२ मा विवाह भएको यो दम्पत्ति सन्तानको इच्छा पूरा गर्न कयौं वर्षसम्म अस्पताल धायो। तर सफल भएन। अघिल्लो वर्ष आफ्नो गाउँ नजिकैकी ५५ वर्षीया एक महिलाले आइभिएफमार्फत बच्चा जन्माएपछि उनीहरू प्रेरित भए। र यसैमार्फत एकपटक फेरि प्रयास गर्ने निर्णय गरे। गत वर्ष यो दम्पति गुन्टूरको एउटा क्लिनिकमा पुग्यो र डाक्टर उमाशंकरसँग भेट गर्‍यो। डाक्टर उमाशंकरले सबै परीक्षण गरेपछि मंगायम्माको उपचार सुरु गरे। महिलामा बढ्दो उमेरसँगै अंडाणुको संख्यामा कमी हुन थाल्छ र ३५ वर्षपछि अझ छिटो घट्न थाल्छ। मंगायम्मा मिनोपंजबाट गुज्रिसकेकी थिइन्। गर्भधारणका लागि यो दम्पतिले एकजना डोनरबाट अंडाणु लिएर आइभिएफमार्फत उनका पति सीताराम राजारावको शुक्राणुसँग त्यसको मिलन गराइयो। त्यसपछि बनेको भ्रूणलाई मंगायम्माको गर्भमा स्थापित गरियो। उमेर धेरै भएका महिलामा गर्भधारण एक जटिल प्रकृया हो र यस्तो अवस्थामा धेरै सावधानी अपनाउन आवश्यक पर्छ।

प्रकाशित मिति : २० भाद्र २०७६ शुक्रबार ००:००  ४ : ५१ बजे