काठमाडौं । यातायात व्यवस्था कार्यालय, रुपन्देहीमा परीक्षाको नतिजा नै फेरबदल गरी गैरकानुनी रूपमा सवारी लाइसेन्स वितरण गरिएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको विस्तृत अनुसन्धानमा लिखित परीक्षा तथा ट्रायलको नतिजामा चरम किर्ते र फर्जी अभिलेख खडा गरी लाइसेन्स जारी गरिएको पुष्टि भएको हो। आयोगका अनुसार २०७८ साल असार ११ गते सञ्चालन गरिएको…