६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

हाम्रो बारेमा

मायादेवी मिडिया ग्रुप प्रा.लि.द्धारा सञ्चालित मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो डिजिटल अनलाइन पत्रिका हो । ०७४ साउन ७ गतेबाट मायादेवी अनलाइनले आफ्नो औपचारिक यात्रा शुभारम्भ गरेको थियो । हालसम्म निरन्तर रुपमा सञ्चालित मायादेवी अनलाइन अनेकन समस्याका बीच पनि सञ्चालनमा रह्यो ।

कपिलवस्तुका बलिया पत्रकारहरु संलग्न यो डिजिटल पत्रिकाका हजारौं पाठक दैनिक भिजिटरका रुपमा छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ४ जितपुर चारनम्बरमा प्रधान कार्यालय रहेको यस डिजिटल पत्रिकाले मायादेवी टिभी पनि सञ्चालन गर्छ । भिडिओको माध्यमबाट पनि थुप्रै जनहितको पक्षमा पत्रकारिता गर्दै यो मिडिया सबैको मनमनमा बस्न सफल भएको छ । लोकतन्त्र र कानुनी राज्यको पक्षपाति यस डिजिटल पत्रिका समाजवाद प्रति प्रतिवद्ध छ । संविधानमा लेखिएको समाजवाद उन्मुख राज्य व्यवस्था स्थापनामा मिडियाले हरदम खबरदारी गर्दै आएको छ । राज्यका तीन तहका सरकार र नीजि क्षेत्रसंग पनि यसले संगसंगै सहकार्य गर्दै आएको छ ।