कपिलवस्तु ।डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउनुपर्ने बताएका छन्। बुधबार राजापानी सामुदायिक वनको २३ औँ वार्षिक साधारण सभा तथा १० औं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रमुख सापकोटाले वन संरक्षणसँगै उपभोक्ताको जीविकोपार्जन, वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।…