२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

म नेकपामै छु, पार्टीमै रहेर अभियान चलाउन लागेको हुँः झलनाथ खनाल

काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपामै रहेको बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा उनले आफूले नेकपा परित्याग नगरेको पनि बताए। ‘मैले पार्टी छाडेको छैन, अहिले पनि म नेकपामै छु, मैले नेकपामै रहेर समाजवादी जागरण अभियान थालनी गरेको हो,’ उनले भने, ‘अरू धेरै साथीभाइहरू विभिन्न पार्टीमा छन् र पार्टीमा रहँदारहँदै यो अभियानमा संलग्न…