मायादेवी अनलाइन, बाणगंगा ।बुटवल–गोरुसिङ्गे सडकअन्तर्गत ‘गौरव आयोजना’ निर्माणमा आवश्यक नदीजन्य सामग्री अभाव भएको आयोजनाले बताइरहेका बेला सोही आयोजनाको नाममा उठाइएको सामग्री निजी क्षेत्रमा बिक्री भने रोकिएको छैन् । बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म करिब ५० किलोमिटर सडक स्तरोन्नति भइरहेको ‘गौरव आयोजना’ ले नदीजन्य सामग्री र माटोको चरम अभावका कारण काम प्रभावित भएको दाबी गरिरहेका बेला, सोही…