७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रदेश नम्बर १ का मन्त्री टंक आङ्बोहाङको पनि गुम्यो सांसद पद



काठमाण्डौँ ।
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री टंक आङ्बोहाङको सांसद पद गुमेको छ।
माओवादीबाट उनी गत २०७४ सालको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र ९ख० बाट निर्वाचित भएका थिए।

उनी एमाले प्रवेश गरेकोले माओवादी केन्द्रले सांसदबाट हटाउन सभामुखसमक्ष पत्र पठाएको थियो।सभामुख प्रदीपकुमार भण्डारीले आङ्बोहाङलाई प्रदेश सभा सदस्य पदबाट हटाउन माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा दर्ता गरेको पत्र बिहीबार प्रदेश सभा बैठकमा पढेर सुनाएका हुन्। उनकाअनुसार अब प्रदेश सभामा एक पद रिक्त छ।आङ्बोहाङ एमाले प्रवेश गरी मन्त्री भएका थिए। उनले मन्त्रीमा निरन्तरता दिन पुनस् सपथ लिनुपर्नेछ। सांसद नभएका व्यक्ति छ महिना मन्त्री हुन पाउँछन्।

प्रकाशित मिति : २७ चैत्र २०७७ शुक्रबार ००:००  ७ : १३ बजे