४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तु महोत्सवः आज पप गायक कमल खत्री लगायत कलाकारको प्रस्तुति रहने



मायादेवी अनलाइन, बाणगंगा ।
जिल्लामा जारी १३ औं कपिलवस्तु महोत्सवमा आज चर्चित पप गायक कमल खत्री लगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।

महोत्सवको तेस्रो दिन पप गायक खत्रीसहित लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर, लोक दोहोरी गायिका सम्झना रणपालको प्रस्तुति रहने महोत्सवका मिडिया संयोजक अशोक पौडेलले बताए ।

महोत्सवमा स्थानीय कलाकारको पनि प्रस्तुति रहने पौडेलले जनाए । बुधबार देखि डान्स आइडल सुरु भएको छ भने सिङ्गिङ्ग आइडल आजबाट सुरु गर्ने तयारी छ ।

माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवको मंगलबार उद्घाटन गरिएको हो । बुधबार लोक तथा दोहोरी गायक पशुपति शर्मा लगायतका कलाकारको प्रस्तुति रहेको थियो ।

बुधबारको महोत्सवमा करिब चार हजार दर्शकले अवलोकन गरेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक डोलकराम घिमिरेले बताए ।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  ६ : १४ बजे