२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

निर्वाचन समितिका प्रमुखले माफी मागेपछि पत्रकारको धर्ना रोकियो



काठमाडौं ।

नेपाली कांग्रेसको महाधिवेशनस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका पत्रकारको धर्ना रोकिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका प्रमुख गोपालकृष्ण घिमिरेले आन्दोलनरत पत्रकारसामू आएर माफी मागेपछि क्यामरा डाउन गरेर बसेका फोटो पत्रकार काममा फर्किएका छन्।

‘हामीबाट गल्ती भयो, माफी दिनू’ उनले पत्रकारमाझ आएर भनेपछि फोटोपत्रकारहरू काममा फर्किएका हुन्। मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मी र निर्वाचन समितिका सदस्यहरूले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका थिए।

देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच धकेलाधकेलको स्थिति सृजना भएको थियो।‍ फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका थिए। बिहान ८ बजेदेखि हुनुपर्ने मतदान साढे तीन घन्टा ढिलो गरि सुरू भएको छ।

प्रकाशित मिति : २७ मंसिर २०७८ सोमबार ००:००  १२ : ४९ बजे