७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सर्वोच्च परिसरमा बारको निरन्तर धर्ना



काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा र उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गर्दै नेपाल बार एसोसिएनले धर्ना दिएको छ।

धर्ना कार्यक्रम १२ बजेसम्म जारी रहने बारले जनाएको छ। कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै आएका छन्।

यसअघि सर्वोच्च अदालतको पूर्ण फुल कोर्ट बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो। सर्वोच्चमा गोला प्रथा प्रणाली लागू भए पनि उच्च र जिल्लामा सोही प्रणाली लागु हुनुपर्ने उनीहरूको माग छ।

प्रकाशित मिति : २९ मंसिर २०७८ बुधबार ००:००  १२ : १२ बजे