२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

१२ औं कपिलवस्तु महोत्सवको तयारी तीब्र, स्टल बुकिङ्को काम अन्तिम चरणमा



मायादेवी अनलाइन, जितपुर

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुने १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको उद्घाटन मिति नजिकिदैं गर्दा तयारीलाई तीब्र पारिएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगा १ जीतपुर स्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो । महोत्सवको करिब ७५ प्रतिशत तयारी पूरा भइसकेको महोत्सवका स्टल संयोजक मदन पौडेलले बताएका छन् । संयोजक पौडेलले स्टल बुकिङ्गको काम अन्तिर चरण पुगेको बताए । महोत्सव स्थलमा २ सय ५० स्टल रहने बताउँदै उनले स्टल काम पनि अन्तिम चरणमा रहेको बताए । उनले भने, ‘यहाँ स्टल बुकिङ्गको काम अन्तिर चरण पुगेको छ, २ सय ५० स्टल रहन्छन्, स्टल बनाउने काम पनि अन्तिम चरणमा छ ।’

उनले थलिएको अर्थतन्त्रलाई माथि उठाउन महोत्सव महत्वपूर्ण सावित हुने दाबी गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम भईरहेको उनले बताए । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव संचालन गर्न लगिएको उनको भनाइ छ । उनले महोत्सवलाई उत्कृष्ट बनाउन विभिन्न समिति तथा उपसमितिहरु गठन गर्दै काम अघि बढेको बताए । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ । महोत्सव स्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८ शुक्रबार ००:००  ६ : ३६ बजे