पाल्पा ।
पाल्पाको पूर्वखोलामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा २२ वर्षीय कमल राना रहेका छन् ।
पूर्वखोला गाउँपालिका वडा नम्बर २ राक्सेका टेक्टर चालक रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रातिको समयमा लु ४ ७१९८ नम्बरको टेक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । आर्यभञ्याङ–पूर्वखोला कच्ची सडक खण्डको मंगला भन्ने स्थानमा चेवाबाट जल्पातर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट करिब पाँच मिटर तल खसेको र घटनाको सम्बन्धमा अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया