२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

एमालेको बहुमतको सरकार आवश्यक : पूर्व मन्त्री गिरी



रुपन्देही ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं २ (क) का उम्मेदवार लीला गिरीले देशलाई आर्थिक रूपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

आइतबार तिलोत्तमा–५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउँदै आर्थिक रूपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए । अहिले गठबन्धनको सरकार रहँदा आर्थिक सूचकांकहरु सबै ऋणात्मक भएको बताउँदै समृद्ध देश र आर्थिक सम्पन्नताका लागि एमालेलाई मत दिन सबै मतदातालाई आग्रह गरे ।

देशमा नयांँनयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने, उद्योगहरू स्थापनाका लागि आकर्षित गर्ने, बन्द उद्योग सञ्चालन गर्नुका साथै वैदेशिक लगानीका ठुला उद्योगहरू स्थापना गर्दै देशलाई आर्थिक रूपले सम्पन्न गर्ने योजना एमालेको रहेको बताए । आर्थिक रूपले सम्पन्न देश हुनासाथ स्वतः रोजगारी बढ्ने र विदेशमा गएका युवाहरूलाई स्वदेशमै फर्काउन सकिने उनको भनाई छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९ आइतबार ००:००  १ : ५६ बजे