२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तु कारागार केन्द्रमा शत प्रतिशत मत खस्यो



तौलिहवा । 

जिल्लाको कपिलवस्तु कारागारका कैदी बन्दीले मतदान गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत भइरहेको निर्वाचनमा कारागारका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन्। 

कारागारमा रहेका ५७ जना कैदीबन्दी मध्ये ५६ र तीन जना नेपाली सेना गरेर ५९ जनाले मतदान गरेका कपिलवस्तु कारागारका जेलर मनोज सैनीले बताउनुभयो। त्यस्तै ५७ जना मध्ये एक जना रिहा भइसकेको जेलरको भनाइ छ। 

विभिन्न अभियोगमा कारागारमा रहे पनि मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले पहिलो पटक मतदान गर्न पाउने व्यवस्था गरिएको थियो। कैदीबन्दीलाई अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने व्यवस्था गरिएको उहाँको भनाइ छ। कपिलवस्तु कारागारमा चार सय ६९ जना कैदीबन्दी रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार दिउँसो २ बजेसम्म ५८ प्रतिशत मत खसेको छ। जिल्लाका दुई सय ३५ मतदानस्थलमा चार सय ७३ मतदान केन्द्र निर्धारण गरिएको छ। 

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ३ : ३८ बजे