२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

गुल्मी २ मा रामकुमारीलाई हराउँदै गोकर्णको जित



काठमाडौं ।

गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी रामकुमारी झाक्री २ हजार बढी मतले पराजित भएकी छन्।

उनी नेकपा एमालेका गोकर्ण विष्टसँग २ हजार ३५ मतले पराजित भएकी हुन्।

मत परिणाम अनुसार विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्।

विष्ट भने गुल्मी २ बाट लगातार तेस्रोपटक विजयी भएका छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका विष्ट विजयी हुँदा झाक्री पनि एउटै पार्टीमा थिइन्।

पछि नेकपा फुटका कारण एमाले पनि टुक्रिएपछि झाक्री माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीमा गएकी थिइन्।

प्रकाशित मिति : ७ मंसिर २०७९ बुधबार ००:००  १ : २५ बजे