२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

विमान दुर्घटना अपडेट : ४९ जनाको शव भेटियो



काठमाडौं ।

पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ४९ जनाको शव फेला परेको छ।

दुर्घटनास्थलबाट उद्धार जारी रहँदा ४९ जनाको शव फेला परेको क्यान स्रोतले जनाएको छ। अहिले उद्धारकार्य जारी छ।

दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन्। शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ।

यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए।

प्रकाशित मिति : १ माघ २०७९ आइतबार ००:००  ३ : ४७ बजे