६ असार २०८३, शनिबार | Sat Jun 20 2026

अर्घाखाँचीमा करेन्ट लागेर युवकको मृत्यु



अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थानमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ।

भूमिकास्थान नगरपालिका वडा नम्बर–९, ढिकुरामा करेन्ट लागेर सन्धिखर्क–७, डिहिडाँडाका १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण घिमिरेले जानकारी दिए।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। ढिकुराको भुजेल पानीमा विद्युत् मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा शाहको ज्यान गएको हो।

प्रकाशित मिति : १६ माघ २०७९ सोमबार ००:००  ७ : १७ बजे