२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तु महोत्सवः आज गायिका चौहान र गायक पौडेलको प्रस्तुति रहने



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु महोत्सवको सातौँ दिन सोमबार (आज) आधुनिक गायिका एलिना चौहान र लोक तथा दोहोरी गायक नविन पौडेलको प्रस्तुति रहने भएको छ ।

माघ १७ गते मंगरबार देखि सञ्चालन भएको १३ औं कपिलवस्तु महोत्सवमा आज हास्य कलाकार उज्जव गिरी, लोक दोहोरी गायिका विष्णु श्रीपालीको समेत बेजोड प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक रुपमा प्रस्तुती दिइरहेका छन् ।

आइतबार लोक तथा दोहोरी गायिका बविता बाँनिया ‘जेरी’, हास्य कलाकार पुर्खे बा र लोक दोहोरी गायक बालचन्द्र बरालले प्रस्तुति दिएका थिए ।

महोत्सवमा सिङ्गिङ्ग आइडल चलिरहेको छ भने ११ औं संस्करणको कपिलवस्तु डान्स आइडलमा प्रतियोगीले आफ्नो प्रस्तुति दिइरहेका छन् ।

महोत्सवमा डेढ लाख दर्शक भित्राई झण्डै ६ करोडको कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

प्रकाशित मिति : २३ माघ २०७९ सोमबार ००:००  ६ : १२ बजे