६ असार २०८३, शनिबार | Sat Jun 20 2026

प्रेस चौतारीद्धारा विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण



मायादेवी अनलाइन, बाणगंगा ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई स्कूल ब्याग झोला तथा शैक्षिक सामग्री एक समारोहका बीच वितरण गरेको छ ।

वाणगंगा नगरपालिका ८ मा रहेको मदरसा बरकतिया आधारभूत विद्यालय बालापुमा अध्ययनरत ४५ जना विद्यार्थीलाई प्रेस चौतारीले उक्त सामग्री वितरण गरेको चौतारीका कपिलवस्तु अध्यक्ष जानु पाण्डेले बताए ।

शैक्षिक सामग्री वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले राज्यले सामुदायिक विद्यालयमा गरेको लगानी अनुसार प्रतिफल पाउन नसकेको बताउनुभयो । अबको लडाई भनेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने लडाई हुनुपर्ने जिकिर गर्नुभयो।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा प्रतिस्पर्धा गर्न सक्ने गरी नै शिक्षाको गुणस्तर कायम गर्दै लौजानु पर्ने उहाँको भनाई थियो।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरले शिक्षामा सबैभन्दा बढि बजेट विनियोजन गरेको बताउदै शिक्षाले नै विकासको अनुभूति गराउने बताउनुभयो ।

प्रकाशित मिति : २३ माघ २०७९ सोमबार ००:००  ६ : ३० बजे