२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

राष्ट्रपतिका लागि नेम्वाङले दर्ता गरे उम्मेदवारी, प्रस्तावक र समर्थन एमाले नै



काठमाडौं ।
नेकपा एमालेको तर्फबाट राष्ट्रपति एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् ।

समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  १ : ३४ बजे