८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

निशुल्क गीता वितरण कार्यक्रम प्रारम्भ



शिवलाल पौडेल, रूपन्देही ।

वर्तमान अवस्थामा युवापुस्ताले हिन्दुधर्मलाई टीका र घण्टीको रूपमा मात्र लिएको दुखद अवस्थामा गीता जस्तो महान दर्शन पनि हिन्दुत्वकै उपज हो भनी नबुज्नु र त्यसको अध्ययन नगर्नु बिडम्बनाको विषय हो । त्यसकारण गीतालाई घर घरमा, जनजनमा सुलभ रूपमा निशुल्क पुर्याउने उद्देश्यले रुपन्देहीमा रहेका वाग्देवी आध्यात्मिक शिक्षण केन्द्र मणिग्रामू र आनन्द जीवन योग साधना केन्द्र बुटवलको संयुक्त आयोजनामा  गीता वितरण कार्यक्रम प्रारम्भ गरिएको छ ।

त्यस्तै मणिग्राममा रहेको वाग्देवी आध्यात्मिक शिक्षण केन्द्रका संचालक वालव्यास पण्डित धर्मराज अर्यालले  भन्नुभयो धर्म, जाति, सम्प्रदाय, लिङ्ग, वर्ण आदि सबैबाट माथी उठेर मानवलाई वास्तविक मानव बन्न प्रेरित गर्ने एकमात्र ग्रन्थ गीता हो । गीताको महत्त्वलाई बुझेर विश्वमा रहेका विद्यालय, विश्वविद्यालयहरुमा गीताको अध्ययन अध्यापन गराइँदै आएको छ । जस्तोसुकै समस्यामा डुबेको व्यक्तिले पनि गीता अध्ययन गर्यो भने समाधान मार्ग अवश्य भेटाउनेछ ।

मेरा सबै बिचारहरु गीता भन्दा बाहिर जान सकेनन महान दार्शनिक ओशोले भनेका छन तसर्थ राम्रो कामको सुरुवात आफैबाट गर्नुपर्छ भन्ने महान उद्देश्यका साथ आफै २०० पुस्तक सौजन्य गरि यस्तो शुभ कार्य आज यी दुई केन्द्ले आफैवाट शुरुवात गरेका छन ।

यो अभियानलाई निरन्तरता दिन धर्मप्रेमी समाजसेवी हर कसैले पनि यी दुई केन्द्रलाई वितरक बनाई सौजन्य दाता बन्न सक्नुहुन्छ । जसको कारण समाजमा रहेका अनाथ गरिब, आधुनिक युवा सबैले गीता निशुल्क  प्राप्त गर्न सक्ने सरस्वती संस्कृत विद्यापीठका विद्यार्थी शिवलाल पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  १ : १४ बजे