८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जिल्ला प्रशासन दाङ अब देखि शनिबार बन्द



दाङ ।
जिल्ला प्रशासन कार्यालय दाङले शनिबार दिंदै आएको सेवा आगामी कात्तिक देखि स्थगन गर्ने भएको छ । गत भदौबाट शनिवार पनि कार्यालय खुल्ला सेवाग्राहीलाई दिंदै आएको सेवा स्थगित गर्ने निर्णय गरेको हो।

पछिल्लो समयमा कार्यालयमा सेवाग्राहीहरु सेवा लिन नआएकाले सेवा स्थगित गर्नु परेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै शनिवार पनि कार्यालय खुल्ला गरे पनि अपेक्षाअनुसार सेवाग्राही नआएकाले कर्मचारी खाली बस्नु परेको प्रजिअ श्रेष्ठले बताउनुभयो ।

शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ला हुँदै आएको थियो । माग भएमा कार्यालयले पुनः सेवा सञ्चालन गर्न तयार रहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । कार्यालयले गत दसैंमा पनि सेवा प्रवाह गरेको थियो । तर, यस वर्ष दसंैमा भने सेवा प्रवाह नगर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : ०२ बजे