७ असार २०८३, आइतबार | Sun Jun 21 2026

चिर्पट प्रहारवाट श्रमितीको हत्या



शिवलाल सुवेदी, गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँमा दाउराको चिर्पट प्रहारवाट एक महिलाको ज्यान गएको छ । अत्यधिक मदिरा सेवन गरेका ३४ वर्षीय पंकज कुमालले ३४ वर्षिया आफ्नै श्रीमति लाली कुमाललाई चिर्पट प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले जानकारी दिनुभयो ।

पंकजले गएराति करिव साढे आठ बजे श्रीमतीलाई चिर्पट प्रहार गरि गम्भिर घाइते बनाएका थिए । टाउको र शरिरका विभिन्न भागमा चोट लागेपछि उनलाई उपचारको लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।

कुमालले पहिले पनि घरमा श्रीमती र बृद्धा आमालाई कुटपीट गर्ने र अरु अपराधिक क्रियाकलाप गरेर दुःख दिने गरेको मुसिकोट नगरपालिका वडा नं ४ का वडा सदस्य टीका गुरुङ्गले बताउनुभयो । हत्या गर्ने पंकजलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  १ : ३३ बजे