२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गुल्मीमा जीप दुर्घटना एकको मृत्यु, १५ जना घाइते



शिवलाल सुवेदी, गुल्मी ।

गुल्मीको इश्मा गाउँपालिका २ छल्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका १५ बर्षिय बिमल केशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

लु १ ज ७३७० जीप तम्घासबाट पालुखा जाँदै गरेको थियो । दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका २९ बर्षिय चालक प्रेम कुवंर र २६ बर्षिया करिश्मा कुवर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए । गम्भिर घाइते दुवै जनाको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ ।

दुर्घटनामा १३ बर्षिय रोशन केशी, ६५ बर्षिय बेल कुमारी कुवंर, १४ बर्षिय रविन कुवर, ५२ बर्षिय कमला केशी, ३३ बर्षिय कल्पाना राना, ११ बर्षिय बिशाल थापा, १४ बर्षियाा पवित्रा केशी, १२ बर्षिय अर्जुन केशी, १९ बर्षिया अनुष्का पन्थी, १२ बर्षिया कविता मुसिखा, ८ बर्षिया सुश्मा मुखिया, ५९ बर्षिया भुमकला पन्थी र ६ बर्षिया शिशिर कुवंर घाइते भएको प्रवक्ता खड्काले बताए ।

उनीहरु सवैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ । ओभरलोड र कच्ची उकालो सडकका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  १ : ४६ बजे