२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

किरण सिंहको निधनमा कपिलवस्तुका ६ स्थानीय तहमा साउन २५ गते शोक बिदा



कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको निधनप्रति दुःख व्यक्त गर्दै कपिलवस्तु जिल्लाका ६ स्थानीय तहले साउन २५ गते शोक बिदा दिने निर्णय गरेका छन्।

कपिलवस्तु नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, बुद्धभूमि नगरपालिका, मायादेवी गाउँपालिका र विजयनगर गाउँपालिकाले पूर्व मेयर सिंहको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक बिदा घोषणा गरेका हुन्।

स्थानीय तहहरूले सिंहको निधनले जिल्लालाई अपूरणीय क्षति पुगेको जनाउँदै उहाँप्रति सम्मान व्यक्त गर्न शोक बिदा दिने निर्णय गरेका हुन्।

साउन २५ गते सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालय तथा सेवाहरू शोक बिदाका कारण प्रभावित हुनेछन्। स्थानीय तहहरूले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८३ सोमबार ००:००  ११ : ४४ बजे