१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

सन् २०२० मा कोरोनाको खोप बन्दैन- डब्लुएचओ



एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२० मा कोरोना भाइरसविरुद्धको खोप बन्न नसक्ने जनाएको छ।

संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ भन्दा अगाडि खोप बन्न नसक्ने बताएका हुन्। उनले खोप निर्माणमा ढिलाइ भए पनि यसको सुरक्षा मापदण्डमा अपनाउन आग्रह गरे।

निर्देशक रेयानले खोपको अनुसन्धान तेस्रो चरणमा रहेको र सुरक्षा मापदण्डमा हालसम्म असफल नभएको पनि बताए। कोरोनाविरुद्धको खोपलाई चीन, अमेरिका, बेलायतलगायतका देशहरुले अनुसन्धान गरिरहेका छन्।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ६ : ५१ बजे