८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

फुटपाथमा सुतेका मजदुरमाथि कुद्यो ट्रक , कम्तिमा १३ जनाको मृत्यु



एजेन्सी ।
भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो। उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए। दुर्घटनामा घाइते भएका अरूलाई अस्पताल लगिएको छ।

प्रकाशित मिति : ६ माघ २०७७ मंगलबार ००:००  ८ : १६ बजे