२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

फराकिलो अग्रतासहित पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित



काठमाण्डौँ ।

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमार्फत पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । केन्द्रीय समितिको ४९ पदका लागि १५२ उम्मेदवारले प्रतिश्पर्धा गरेका थिए । निर्वाचनमा पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका थिए ।

त्यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षका प्रत्यासी थिए । यद्यपी औपचारिक घोषणा हुन भने बाँकी छ । नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । औपचारिक घोषणा हुन बाँकी रहे पनि फराकिलो अग्रता लिएकाले पोखरेल नेतृत्वको प्यानलले विजयोत्सव मनाउन सुरु गरेको छ ।

निर्वाचित हुनेहरूमा अधिकांश पोखरेल प्यानलका छन् । पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाईं, एसोसियट सचिवमा पवन आचार्य, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण बिक, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा संयोजकमा लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७ शनिबार ००:००  ३ : ४५ बजे