७ असार २०८३, आइतबार | Sun Jun 21 2026

‘मेरो कित्ता’ सेवा शुभारम्भ, घरजग्गाको नक्सा हेर्न मालपोत जानु नपर्ने




काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा ुमेरो कित्ताु सेवाको शुभारम्भ गरेका छन्।

बिहीबार मीनभवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन्। यससँगै अब घरमै बसीबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने भएको छ। अब फिल्डमै गएर घर जग्गाको नक्सा हेर्नुपर्ने झन्झट पनि हटेको छ।

यो अनलाइन सेवा सुरु भएपछि जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापत शुल्क बुझाउन मालपोत कार्यालय धाइरहनुपर्ने छैन। नापी विभागले ‘मेरो कित्ता डट जिओभी डट एनपी’ सफ्टवयर विकास गरिसकेको जनाएको छ। घरजग्गा अनलाइनसम्बन्धी सम्पूर्ण सेवाहरू यसैबाट लिन सकिने पनि विभागले जनाएको छ।

यो सेवा सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागू हुनेछ।

प्रकाशित मिति : २ बैशाख २०७८ बिहिबार ००:००  १ : ४९ बजे