२० आश्विन २०७९, बिहिबार | Thu Oct 6 2022

बच्चाले खान मानेन, के गर्ने ?


८ असार २०७४ बिहिबार ००:००  

0
Shares

डा. विनिता जोशी

बालबालिका सानो छँदा जुन बानीमा अभ्यस्त भयो, त्यसमै बानी पर्दै जाने स्वभाव हुन्छ । बच्चालाई खुवाउने क्रममा आमा र बुवाले मात्रै नभई परिवारका अरु सदस्यहरुले पनि आफ्नो धारणा दिइरहेका हुन्छन् । बच्चाले खान मानेन भने फेरि केही बेरमै खुवाउने धेरैको बानी हुन्छ । हामीले बच्चालाई खानको लागि जत्ति दवाव दिन्छौं, त्यत्ति नै नकारात्मक भावनाको विकास हुन्छ । त्यसैले बच्चालाई खाना खुवाउँदा रमाइलो र हासीखुसीको वातावरण बनाउनुपर्छ । करबल गर्न थालियो भने खाना खाने समय अरुको गाली खाने, दबाब सहनुपर्ने समयका रुपमा दिमागमा लिएका हुन सक्छन् ।

ठूलो मान्छेको जस्तै बालबालिकाको पनि खानाको रुची र अन्य कुराहरु फरक हुन्छन् । कहिले खानामा रुची हुन्छ, कहिले हुँदैन । कुनैबेला पेट भरिएर खान मन नलागेको पनि हुनसक्छ । सानो बच्चालाई २÷२ घण्टामा खुवाउनुपर्छ । तर, ठोस पदार्थ खुवाउन थालेपछि हरेक पटक २/३ घण्टाको फरकमा बालबालिकालाई खुवाउन जरुरी हुँदैन । तरल पदार्थ खुवाएको छ भने त्यसको अन्तर कम्तिमा दुई घण्टा हुनुपर्छ । ठोस खानेकुरा खुवाएको हो भने अन्तर ४ घण्टाको हुनुपर्छ ।

सुरुमा बालबालिकालाई खाना खुवाउँदा निकै होस गर्नुपर्छ । एउटा खाना खुवाएपछि तुरुन्तै अर्काे परिवर्तन गर्नुहुँदैन । त्यो खानामा बानी बसेपछि र उसको स्वास्थ्यले पचाउन थालेपछि मात्रै अर्को प्रकारको खाना खुवाउनुपर्छ ।

नयाँ आमाहरुले बालबालिकाले केही खायो कि निकै उत्साहित भएर खानामाथि खाना थप्ने गर्नुहुन्छ । त्यो गलत हो । एकथरी खाना खाएर त्यो शरिरले पचाएपछि मात्रै नयाँ खाना थप्नुपर्छ ।

बालबालिकालाई डुलाएर वा परिवारका सदस्यहरुस“ग राखेर खुवाउनु राम्रो हुन्छ । कतिपय बालबालिकालाई खान मन नलाग्ने, अरुची हुने लगायतका समस्या देखिन्छ । बच्चाले यो खाएन, त्यो खाएन भनेर हामीले गुनासो गरिरहेका हुन्छौं । त्यसले दवावपूर्ण वातावरणको मात्रै निर्माण गर्छ । धेरै अविभावकहरुले बच्चाले खाना खाएर भनेर मकहा गुनासो लिएर आउनुहुन्छ । त्यसपछि भने सर्वप्रथम बच्चाको तौल हेरिन्छ ।

खाना नखाने गुनासोको बाबजदु बच्चाको तौल र उचाई ठिकै छ भने त्यत्ति चिन्ता लिनुपर्दैन । हामीले त अझ तौल भन्दापनि उचाई हेछौं, जसले शरिरमा आवश्यक अनुसार आहार पुगे नपुगेको निर्धारण गर्छ ।

रुघाखोकी, पखाला लगायतका सामान्य समस्याले पनि बालबालिकको तौल घटबड भएको हुन्छ । तर पोषण पुगे नपुगेको हेर्ने उपयुक्त आधार उचाई नै हो । बयस्कहरुले बालबालिकाहरुलाई खानामा दवाव दिने गर्नुहुदैन ।

आमाहरुले आफ्नो र अरुको बच्चाको उमेरस“गै तौलको पनि तुलना गर्ने र चिन्ता लिने चलन छ । बच्चाको तौल र उचाई उमेर र खानास“ग मात्रै नभई वातावरण, बाबुआमाको वंशाणु लगायत अन्य कुराहरुस“ग पनि अन्तरसम्बन्धित हुन्छ । संयुक्त परिवारका परिवारका सबै सदस्यहरुले बालबालिकालाई पालैपालो खुवाउने चलन थियो । यसले आमालाई मात्रै भार पर्दैन । र आमा प्राय थाकेको हुनाले थालेको मान्छेसग बच्चाले सहज रुपमा खादा पनि खादैन ।

पछिल्लो समयमा बालबालिकालाई विभिन्न खेलौनाहरु दिएर, ल्यापटप देखाए्र र कार्टुन देखाएर खाना खुवाउने चलन बढ्दो छ । यो प्रवृति बालबालिकालाई भन्दा पनि खुवाउने बाबुआमाका लागि सजिलो हो । बच्चाले आफूले के खाइरहेको छु भन्ने थाह पाउदैन । उसको ध्यान ल्यापटपमा ग्याजेटमा हुन्छ । न बच्चाले यो के खाना हो भनेर थाह पाउदा, न उसलाई स्वाद नै हुन्छ ?
बच्चा विस्तारै ठुलो हुदै जान थालेपछि स्कूलमा भर्ना भएपछि आफैले खानुपर्ने अवस्थामा भने गाह्रो हुन्छ । जो टिभी र ग्याजेटको अगाडी बसेर खान्छ, उसको तौल बास्तविकभन्दा पनि बढी हुने जोखिम रहन्छ । बच्च टिभीको अगाडी बसेको हुन्छ, बुबाआमाले टिभीको अगाडी ल्याएर खानेकुरा राखिदिने र कार्यक्रम नसकिएसम्म उसले थपी थपी खाइरहने प्रवृति हुन्छ । टिभी हेर्दै जंक फुड खाने समस्यापनि उत्तिकै हुन्छ । बच्चाको तौल उमेरभन्दा बढी हुने समस्या ज्यादा हुन्छ । यसलाई ओबिसीटी भनिन्छ । यस्तो भए सानै उमेरमा डाइवेटिज देखिने, हाइपरटेन्सन हुने कलेजोमा समस्या हुने देखिन्छ । शहरी क्षेत्रमा यस्तो समस्या ज्यादा छ ।

बच्चालाई खुवाउने निश्चित समयतालिका हुनुपर्छ । खानामा पनि अनुशासनको पालना गर्नुपर्ने हुन्छ । बच्चा एक वर्षभन्दा माथिको भएपछि एउटै टेबुलमा बसेर सबै परिवारका सदस्यले खाने बानी हुनुपर्छ । टिभी बन्द गर्नुपर्छ या टिभीको अगाडी बसेर खाने गर्नुहुदैन ।

बालबालिकाहरुलाई ठोस खाना दिनको तीनदेखि चारपटक खान दिनु उपयुक्त हुन्छ । जति उमेर बढ्दै गयो । त्यसरी नै ठूलो मानिसहरुको झै अनुसरण गर्नुपर्छ । त्यसबाहेक फलफूल, मासु(मासु नखानेले सोयाविन या च्याउ जस्ता प्रोटिनयुक्त खाना दिनुपर्छ । त्यसले उनीहरुको शरिर वृद्धिका लागि आवश्यक तत्वको आपूर्ति गर्छ ।

-स्वास्थ्य खबर पत्रिकाबाट साभार

प्रकाशित मिति : ८ असार २०७४ बिहिबार ००:००  ९ : ५० बजे