१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अन्तघात गर्ने विरुद्ध कांग्रेस दाङ कठोर बन्दै



दाङ, साउन ९ –
असार १४ मा सम्पन्न दोस्रो चरणको स्थानीय तहको चुनावमा पार्टीको निर्णयविरुद्ध काम गरेको भन्दै नेपाली कांग्रेस बबई गाउँपालिका दाङले पार्टीका बीस बढी सदस्यलाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेहरुमा कांग्रेसबाट बागी उठेर निर्वा्चित बबई गाउँपालिका–७ का अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भुपुबहादुर बुढाथोकी, भुपबहादुर हमाल छन् ।
त्यस्तै विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी, भीमबहादुर डाँगी छन् ।
यसैगरी वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी, रहनुभएको छ । वडा नं ४ बाट धनेश्वर भण्डारीलाई कारबाही गरेको नेपाली कांग्रेस बबई गाउँपालिका संयोजक बलबहादुर बुढाले बताउनुभयो ।

 

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  ११ : २८ बजे