१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022

शिवगढीको केवलकार कागजमै त हराउँदिन !



अशोक पोख्रेल, कपिलवस्तु ।

कपिलवस्तु प्राचिन मौलिक महत्व बोकेको जिल्ला हो । यहाँ भगवान गौतमबुद्धले २९ बर्ष विताएका थिए भने विभिन्न देवी देवताको कर्मभुमी भएको पौराणिक ग्रन्थमा उल्लेख छ । यद्यपि अरु जिल्लाको तुलनामा विकासको गतिमा भने कपिलवस्तु निकै पछाडी छ ।

जिल्लाको सुदुर पश्चिम देखि पुर्वी र उत्तर देखि दक्षिण सम्म निकै ऐतिहासिक र पौराणिक महत्वमा पुरातात्विक स्थलहरु रहेका छन । यसरी समग्रमा कपिलवस्तु पर्यटकिय दृष्टिले धनि भएको हो ।

यहाँका प्रयटकिय स्थललाई सदुपयोग गरी प्रयाप्त प्रर्यटक भित्राउन सकिने सम्भावना प्रवल छ । सरोकारवाला, राजनीतिक दल र बुद्धिजीविको समयमै ठोस योजना र काम गर्ने इच्चाशक्ति हुने हो भने कपिलवस्तु पर्यटकिय सम्पदाले धनि हुदै विकासको गतिमा अगाडी बढ्न बेर लाग्दैन ।
प्राचिन कपिलवस्तु नगरी भगवान बुद्धको २५ वर्षे जीवनको क्रिडास्थल, राजा शुद्धोधनको राजधानि शाक्य नगर कपिलवस्तु नगरपालिका १२ स्थित तौलिहवा देखि ३ कि.मि. उत्तर क्षेत्रफल करिव ३५ विगहा सरकारी स्वामित्व रहेको कुरा सबैमा अवगतै छ । विदेशि पर्यटक आएर यहाँको माटोको टिका र माटोकै प्रसाद बनाउँछन, तर भगवान गौतम बुद्ध खेलेको स्थल सधै विकट, बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोटको भौतिक संरचना कतै मेटिएर त जाने हैन ? सवैमा चिन्ता छ ।

भगवान गौतम बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट क्षेत्र, तौलेश्वर मन्दिर, गौतम बुद्ध सगै सम्वन्धित गोटिहवा लगाएतका प्रशस्त क्षेत्र, विश्व सिमसार क्षेत्र, जगदिसपुर ताल, भितरिया मन्दिर, शिउराजका महत्व, उमरी गुफा, नन्दनगर, कपिलधाम, मधुवनधाम, रामदतिउन लगायतका धार्मिक, साँस्कृतिक र पर्यटकिय महत्व बोकेका स्थल यहाँ छन ।

यहाँको अर्को निकै महत्व र चर्चा बोकेको ऐतिहासिक स्थल शिवगढी पनि एक हो । यहाँ शिव भगवानको चर्चित मन्दिर छ । त्यसै त कपिलवस्तु जिल्लाको पुर्वी क्षेत्र भन्दा पश्चिमी क्षेत्र विकट मानिन्छ । कपिलवस्तुको पश्चिमि क्षेत्रमा मात्र नभई पश्चिमि क्षेत्रको पहाडि इलाकामा पर्ने शिवगढी मन्दिर ऐतिहासिक, धार्मिक र पर्यटकिय हिसावको लागि निकै उचित देखिन्छ । तर शिवगढी मन्दिरको त्यति प्रचार प्रसार र विकास हुन नसक्दा अझै पनि मन्दिर पर्यटकिय हिसावले ओझेलमै देखिन्छ ।

यो मन्दिरको विकास र प्रचार गर्न सके मन्दिर संगै जिल्लाको नाम जोडिएर आर्थिक र पर्यटकिय हिसावले लाभ लिन सकिने प्रष्ट आधारहरु छन । तर शिवगढी मन्दिरको राम्रो संग प्रचार प्रसार नगरिदा मन्दिरको महत्व नै दिन प्रति दिन ओझेलमा पर्दै गएको छ । शिवगढि मन्दिरमा वर्षै भरी आन्तरीक तथा बाह्य पर्यटकहरु आउने गर्दछन । यहाँ विशेष गरी शिवरात्रिको अवसरमा ठुलो मेला लाग्ने गर्दछ, हजारौको संख्यामा दर्शनार्र्थी यहाँ आउने गर्दछन । शिव रात्रिको समयमा यो मन्दिरमा ५ दिन सम्म मेला लाग्ने गर्दछ । यस मन्दिरको राम्रो विकास हुन नसक्दा अन्य समयमा भने हिडन गाह्रो हुने भएको हुँदा, त्यति प्रयटक वा दर्शनार्थि मन्दिर जाने गरेको पाईदैन । व्यापार संघ कपिलवस्तु, लगायतका विभिन्न संघ संस्थाले पछिल्लो समय शिवगढि मन्दिरमा केवलकारको बारेमा केहि पहल गरे पनि अहिले सम्म मन्दिरमा जाने राम्रो बाटो सम्म छैन ।

कपिलवस्तु जिल्लाको पश्चिमी सिमाना धानखोलाबाट करिव डेढ घण्टाको ठाडो पडाडि उकालो हिडे पछि शिवगढि मन्दिरमा पुग्न सकिन्छ । साविक शिवगढि गा.वि.स. अन्तर्गत रमुवादहबाट समेत त्यस मन्दिरमा पुग्न सकिन्छ । धान खोलाको दक्षिण पश्चिम पट्टिको चुरे पहाडको चुचुरोमा यस शिवगढि मन्दिर अवस्थित रहेको छ । मन्दिरको केहि तलतिर चौध वर्ष सम्म भगवान शिवको तपस्यमा बसेका बाबाको कुटि पनि रहेको छ । जसलाई मौनि बाबा भनेर पनि चिनिन्छ । यहाँबाट अर्घाखाँचिका केहि गाविस, राप्ति नदी, दाङ जिल्ला र कपिलवस्तुका घना जङगल, फाँटका साथै भारतका केहि स्थान समेत दृश्यावलोकन गर्न सकिन्छ । यहाँ केवुलकारको संगै पर्यटकहरुलाई आकर्षक गर्नको लागि प्याराग्लाइडिंग को पनि राम्रो सम्भावना रहेको छ । तर यहाँका राजनीति दल, संघ संस्था र स्थानिय निकायले चासो न देखाउँदा उक्त मन्दिरको महत्व ओझेलमा पर्दै गएको छ ।

यहि असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानिय निकायको चुनावमा निर्वाचित नव जनप्रतिनिधिहरुले पनि शिवगढी मन्दिरमा केवलकारको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । यहाँका राजनितिक दल र संघ संस्थाले शिवगढी मन्दिरमा केवलकारको कुरा उठाउँदा स्थानिय निकै हर्षित हुन्छन । यस जिल्ला वासिले मात्र होईन यस मन्दिरको लागि छिमेकी जिल्लाहरु र देश भर लगायत विदेशी पर्यटकलाई समेत केवलकारको खाँचो परेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  १ : २९ बजे