११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

उपचार नपाएर रोगले छट्पटाउँदै कमला



कपिलवस्तु २१ साउन ।
पार्वती पाण्डेको स्थलगत रिर्पोट । वाणगंगा ४ डुंगा निवासी वर्ष ३६ कि कमला पौडेल पाठेघरमा क्यान्सर भएपछि आर्थिक अभावमा उपचार बिना छट्पटाउँदै दिन बिताईरहेकी छन । उनी भन्छिन् —गत वैशाख देखि शरीरको तल्लो पेट दुख्ने र रगत बग्न थालेपछि सामान्य उपचार गर्दै गएँ तर पनि सञ्चो भएन । आफन्तले चितवनको भरतपुर अस्पतालमा पुर्याए ।उनले आँखा भरी आँशु झारी भक्कानिदै आफ्नो पिडालाई ओकेलिन । डाक्टरले जाँच गरेपछि पाठेघरमा क्यान्सर भैसकेको पत्ता लाग्यो । त्यो पनि दोस्रो स्टेपमा पुगेको रहेछ । उपचारमा धैरै पैसा लाग्छ भनेपछि आफन्तले उपचार नगरि फर्काए ।
क्यान्सर लागेको मान्छे बाच्दैन । भएको सम्पत्ति पनि भ्याएपछि अरु परिवारले के खान्छन भन्दै फिर्ता ल्याए – उनी भन्छीन । क्यान्सर लागेको भनेपछि समाजका मानिसहरु पनि नजिक आउन छाडेको र छोरालाई समेत रोगसर्छ नजिक नजाऊ भन्दीएपछि ठुलो छोरा नजिक आउँन छाडेको उनले दुःख बिसाईन । मलाई आर्थिक रुपले सहयोग गरि उपचार गर्ने कोहि भएन,छोरो पनि आफ्नो रहेन उनले आँशु संगै पीडा पोखिन । कति दुःख गरि हुर्काएको छोरा पढाई लेखाई नहुदा अरुले जे भन्छन त्यहि सुन्दा आमाप्रति गर्ने व्यवहार राम्रो नहुदा सबै भन्दा ठुलो पीडा हुदो रहेछ उनले मनभरीको वहलाई बिसाईन ।
बाबु खाना खान आउ भन्दा पनि नजिक परेन आफ्नै सन्ताले पनि अरुको कुरा सुनेर यसो गर्दा यहाँ भन्दा ठुलो मानसिक पीडा अरु हुदो रहेनछ , उनले लामो सुस्केरा लगाइन । एकातिर आर्थिक अभाव र कसैको साथ नपाउँदा रोगको उपचार भएको छैन।अर्को तर्फ श्रीमान निलकण्ठ पौडेल रोजगारीको सिलसिलामा साउदी गएको उतै जेलमा रहेका छन । उनलाई नेपाल झिकाउन कसैले पहल नगरेको उनी बताउँछिन । कुन कम्पनीबाट गएको हो भन्ने पनि उनलाई थाहाँ छैन । पिडै माथिको पिडाले उनी ठुलो मानसिक तनावमा परेकी छन ।
उनको अझै अर्को समस्या हो सानो छोरा अपांग हुनु । ९ वर्षिय छोरा सागर शारिरीक रुपले अशक्त र बोल्न नसक्ने अपांग छन । उनलाई खाना खुबाउन देखि लिएर सबै काम गरिदिनु पर्छ । आफ्नो भन्दा पनि चिन्ता श्रीमान र अपांग छोराको छ । श्रीमानलाई नेपाल झिकाउने र आफ्नो उपचारमा आर्थिक रकम जुटाईदिन उनले सरकार समक्ष आग्रह गरेकी छन । पीडित कमलाको घरमै पुगेकी स्थानिय समाजसेवी एकल महिला रुपा गुरुङले हेर्दाहेर्दै सडक परिवर्तन भए, कपडाका डिजाईन र फेशन परिवर्तन हुदै गए तर मान्छेको साँेचमा परिवर्तन हुन सकेको छैन भन्दै दुःख मनाउ गरिन ।
यो समाजले उनलाई उपचारका लागि आर्थिक खर्च जुटाई सहयोग गर्नुको साटो रोग सर्छ भन्दै आफुहरु पनि टाढा हुने र छोराहरुलाई नजिक नजाउ भन्नेहरुको सोच कहिले परिवर्तन हुने हो ? उनले प्रश्न गरिन । गाउँका सबै दिदी वहिनी, स्थानिय जनप्रतिनिधि मिलेर पीडित कमलाको उपचारमा सहयोग पुर्याउनु पर्ने उनको अपेक्षा छ । अब सम्पत्तिको नाममा बस्ने बाँस र ३ कट्ठा जमिन बाहेक उनको अरु केहि छैन । त्यहि भएको जमिन पनि उनको नाममा छैन ।

 

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : ४८ बजे