वाणगंगा ।
कपिलवस्तु जिल्लाको वाणगंगा १० मा अवस्थित मायादेवी साझेदारी बन उपभोक्ता समूहले वन संरक्षण तथा दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै पुनरुत्पादन कटान क्षेत्रमा झाडी सफाइ गरेको छ।
समूहको कार्ययोजना अनुसार पटनाको ३ वटा प्लट तथा पिपरा क्षेत्रकाे २ वटा प्लट गरी करिब २० हेक्टर क्षेत्रफलमा झाडी सफाइ कार्य सम्पन्न गरिएको हो। उक्त कार्य नियमित रूपमा समूहको सक्रिय सहभागितामा सञ्चालन हुँदै आएको अध्यक्ष दिनेश जयसवालले जानकारी दिनुभयो।
अध्यक्ष जयसवालका अनुसार वनको दीर्घकालीन संरक्षण र पुनःउत्पादनलाई सुनिश्चित गर्न वर्षमा दुई पटक झाडी सफाइ तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिँदै आएको छ। यसले कटान क्षेत्रमा नयाँ बिरुवा हुर्किन सहज वातावरण बनाउने, वनस्पतिको वृद्धि–विकासमा सहयोग पुर्याउने तथा वन क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्य रहेकाे छ।
वन संरक्षण कार्यक्रम अन्तर्गत कटान क्षेत्रमा अनावश्यक झाडी, सुक्खा र घाँस हटाइने भएकाले आगलागीको जोखिम न्यूनीकरण, बोटबिरुवाको संरक्षण तथा वन्यजन्तुको बासस्थान सुरक्षित गर्नसमेत सहयोग पुगेको समूहको भनाइ छ।
समूहले समुदायको सहभागितामा वन संरक्षणका यस्ता गतिविधिलाई निरन्तरता दिँदै आएको र आगामी दिनमा पनि वृक्षारोपण, निगरानी तथा संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाइने अध्यक्ष जयसवालले मायादेवी अनलाइनलाइ बताए ।








प्रतिक्रिया