८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शिक्षाबाट बञ्चित मुस्लीम महिला



दीपा महत कपिलवस्तु । 

विकासको हिसाबले होस या शिक्षाको हिसाबले पछि परेको कपिलवस्तु जिल्लाको मुस्लीम समुदायका महिलाको अवस्था पनि दयनिय छ । जिल्लाको दक्षिण भेगका कतिमहिलाहरु त विद्यालय गएकै छैनन् त्यौ मध्यको एक गाउ हो भृकुटी नगरपालिकाको राजपुर ९ मा पर्ने दक्षिण भेग गिदहवा यहाका धेरै महिलाको पिडा भिन्नै छ ।
यहाका महिलालाई पड्ने धेरै ईच्छा र चाहाना छ तर आफ्नो रितीरिवाज परम्परा र धार्मिक मान्यता साथै पारिवारिक अवस्थाका कारण उनिहरु विद्यालय जान सकिरहेका छैनन् । त्रेय मध्यकै एक हुनुहुन्छ अमिरुन निशा मनभरी पढ्ने ईच्छा हुदाहुदै पनि पढ्न नपाएको दुखेसो पोख्नुहुन्छ उहा ।
पढ्ने मन धेरै छ तर बुबाआमाले घरको काम गर्नु पर्छ कसरी पढ्ने भन्नुहुन्छ तयसैले पढ्न पाएन भन्नुहुन्छ उहा ।
अहिले २१ औं शताब्दीसम्म आइपुग्दा पनि शिक्षामा विभेद जारी नै छ । संविधानले लैंगिक समानताका कुरा गरेपनि छोरीलाई शिक्षामा मात्र होइन हरेक क्षेत्रमा विभेद गर्ने क्रम हटेको छैन । हरेक बन्धन र सीमारेखाहरु किन छोरी लाई मात्र लगाइन्छ ? १८ वर्षिय अमिरुनका साथीहरु पढ्न जादा उनिहरु संगै पढन जाने ईच्छा छ । तर त्यो चाहानालाई मन भित्रै गुम्सायर राख्नु उहाको बाध्यता हो ।
२०६८ सालको जनगणनाले महिलाको साक्षरता ५७.४ प्रतिशत र पुरुषको ७५.१ प्रतिशत देखाएको छ । यसो त मुस्लीम समुदायमै जन्मियका छोरीहरुले नपढेका पनि होईनन् । अमिरुन निशा का साथीहरु आसिमा, सबनम पढ्न जान्छन् त्यो देख्दा उहालाई पनि पढने ईच्छा जाग्छ तर विभिन्न कारण गर्दा उहा विद्यालय जान सक्नु भएको छैन्।
छोरी भएर जन्मीय पछि घरको धन्दा मात्र गर्नु पर्छ छोरी पढन गएसी कस्ले गर्ने घरको काम गर्छ भन्नुहुन्छ अमिरुन कि आमा। यसो त अमिरुनको आमा नुसिमले आफ्नो पारिवारिक अवस्था कमजोर भएकोले पढाउन नसकेको बताउनु भयो तर ६ वटा छोरा जन्माई सक्नु भएकी नुसिमले किन छोरीलाई मात्र पढाउन नसक्नु भएको हो त ? प्रश्न चिन्ह् खडा हुन्छ ।
अमिरुन त एक प्रतिनिधी पात्र मात्रै हुन उहा जस्तै अरुको पनि बेथा मिल्दोजुल्दो छ । त्यो गाउमा त्यस्ता धेरै अमिरुन छन् जस्ले आफ्नो चाहाना हुदाहुदै पनि पढन् पाएका छैनन् ।
यो विभेद कहिले सम्म चल्ने हो ?अन्य समुदायमा महिलाहरु केहि अघि बढढेपनि मुस्लीम समुदायमा महिला माथी धेरै बन्धनहरु कायम छन्। जब सम्म महिलाहरु शिक्षित हुदैनन् तबसम्म महिला हिंसा पनि भइरहन्छ ।
यसो त मुस्लीम समुदायमा पहिले भन्दा केहि परिवर्तन आएको मस्लीम अगुवा मोहम्द अलिले बताउनु भयो ।
नेपाल भौगोलिक जातजाति, धार्मिक विविधताले भरिएको देश हो । त्यसैले ठाउ, धर्म अनुसार रहनसहन रितीरिवाज फरक पाइन्छ । जसमध्ये एक हो मधेशी ।
घुम्टो प्रथा, दाइजो प्रथा, अशिक्षित, बेरोजगारी अनेक समस्याले जकडिएको छ । महिलाहरुको त कुरै नगरौं यति सोसित, पीडित छन् कि पुरुषहरुको एक तन्त्रे शासन चल्छ मधेशी महिलाहरुमा छोराको पर्खाइमा दर्जनौं छोरीहरु जन्माउन विवश हुन्छन् यो कहासम्म को नियम हो ।
यसो भनिरहदा नेपाली महिला पनि हिंशामा नपरेका पक्कै होईनन् । उनिहरु माथी पनि विभिन्न प्रकारको हिंशा भई रहेको हुन्छ तर मुस्लीम समुदायका महिलाको तुलनामा भने कम ।
समाजको स्तर बदलिदै जादा आजभोली पढेलेखेका मुस्लीम महिलाहरु घुम्टो बाहिर आएर समाजमा उदाहरणाीय काम गर्न थालेका छन् । त्यस्तै उदाहरणाीय महिलाहरुले अमिरुन जस्ता कठोर पारिवारिक बन्धनमा बाधिएका महिलालाई शिक्षामा अगाढी बढाउन पहल गरेभने मात्र कपिलवस्तुको मुस्लीम महिलाको अवस्था फेररिन सक्छ ।
कठोर मुस्लीम शासन भएका मुलुकहरुमा मुस्लीम समुदायको परिवर्तनका लागि तसलीमा नसरीन र मलला जस्ता धेरै छोरीहरु जन्मीसकेका छन् कपिलवस्तुका अगुवा मुस्लीम महिलाले पनि उनिहरुकै पाईला पछ्याउनु पर्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ५ : ४६ बजे