१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हिन्दुत्वको हावी हुँदा धर्म निरपेक्ष मुलुक बनाउनुको अर्थ के ?



अराज सिहं बेल्बासे, कपिलबस्तु ।
नेपाल अहिले नयाँ नेपाल भैइसक्यो । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, परिर्वन भयो, ज्यादा निरङ्कुश भएको भन्दै राजतन्त्र फालियो, जनताको शासन आयो, जनताले धेरै अपेक्षा गरेका थिए । त्यहि शासा बोकेर कयौँ व्यक्तिले खोली खाए पचाए !
राजतन्त्रको अन्त्य सगँै जनताको हातबाट लेखिएको संबिधान बनाउने अभियान चल्यो । उक्त संबिधानले सबै जाताजाती भाषा धर्म सबैको समाबेशीता हुन्छ समानता हुन्छ भने हिजो राजाको गुलामी गर्ने सत्तामा पुगे र गरिव धनी बिचको खाडल हट्ने सबैको बासँको ब्यबस्था हुने खान नपाएर कोही नमर्ने भन्दै भाषण गर्दा निरपेक्ष रेखामुनिका गरिबहरुले ठुलै आसा त गरे तर त्यो आसा अहिले सम्म पनि आसानै रहिरयो । अब आसा मारीसके धर्मनिरपेक्ष देश घोषणा भयो तर हिन्दुत्वको बर्चश्व कायमै छ । हिन्दु धर्मले मान्ने गाइ गोरु आज किस्चियनले पनि पनि मान्नै पर्ने बाध्यकारी कानुन रहेको छ । मुस्लिमले मान्नु पर्ने बाध्यता रहेकै छ । गाई राष्ट्रिय जनावर भए पनि गोरुलाई पनि आज मुस्लिम, शिख, किस्चियन सबैले गोरु पनि पुज्नुपर्ने बाध्यता रहेको छ । आज उनिहरुले बिरोध गरे पनि त्यो कानुन हट्न सकेन ।
नेपालको संबिधान २०७२ को भाग १ को ३ र ४ मा भनेको छ नेपाल राष्ट्र बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बिशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाक्षां र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान समाजबाद उन्मुख धर्मनिरपेक्ष राष्ट्र भनेर नेपाललाइ परिभाषित गरेको छ । तर पनि नेपालमा अझै पनि मुस्लिमले पढ्ने मद्रसाहरुमा भुइमै बसेर पढ्न बाध्य छन । बालबालिका घरबाट मुठीमानो जम्मा गरेर शिक्षकलाई तलब खुवाएर सन्तान पढाएका छन मुस्लिम समुदायले आज पनि ।
यो देश धर्म्निरपेक्षता, बहुसांस्कृतिक देश भएकोले बिभिन्न थरीका मानिसहरु बस्ने गर्छन गाईलाई राष्ट्रिय जनाबरबाट हटाउन अन्य धर्मलम्बीहरुले अनुरोध गरे पनि त्यो पुरा हुन सकेको छैन । अहिले पनि गाईगोरु लुकिछिपी काट्नेहरु बिभिन्न समयमा पक्राउ परिरहेका छन । उनिहरुले आफ्नो सस्ंकार अनुसार त्यो गर्न पाउनु पर्छ भने पनि उनिहरुको माग कहिले पुरा हुन सकेको छैन । उनिहरुले राष्ट्रिय जनाबरगाई हटाउनु पर्छ भन्दा पनि त्यो माग हिन्दुत्वको बर्चस्वको कारण पुरा हुन नसकेको उनिहरुको आरोप छ ।
यस्तै यो समाजमा सदिर्यौ देखि हेपिदै आएको दलित समुदायले पनि अझै सम्म पनि कुनैनकुनै प्रकारबाट हेपिरहेका छन । ती मानिसहरू जो आर्थिक अनि सामाजिकरूपले पछाडिएका र जसको आर्थिक, सामाजिक, राजनैतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरूद्वारा शोषण र उत्पीडित गरिएकाहरुलाई समाजमा जातीय बर्ग विभाजन गरिएको र दलित भनेर चिनाइयो आज पनि बिभेद रहकोे छ्र । हुन् त नेपालमा भेदभाव अनि छुवाछुत गर्नेहरुलाई कडा कार्रबाही गर्ने कानुन पनि सरकारले बनाएको छ । तर त्यो कागजमा मात्र सिमित छ्र । गाउँ समाजको हरेक कुनामा आजपनि यो भेदभाव कायम नै रहेको छ ।
विगत लामो समय देखि नै दलित समुदायले राज्यका हरेक तहमा दलितको प्रतिनिधित्वको सुनिश्चित गरी राज्य संचालन र श्रोतका दलित पहुच हुनुपर्छ भन्ने मुख्य मुद्धा उठाउदै आएको छ । खासगरी दलितहरुले राजनितीक अधिकार र सहभागिता विना राज्यको कुनै पनि अंगमा प्रतिनिधित्व हुुुुुुन सक्दैन । त्यसकारण राजनितीक अधिकार नै सबैभन्दा ठुलो मुद्धा हो । नेपालमा समय समयमा हुने परिवर्तनमा दलितहरुको पनि अहम भुमिका रहदै आएको छ । जसले २००४ साल, २००७ साल, २०१५ साल, २०३६ साल, २०४२ साल, २०४६ साल, २०६२÷६३ को आन्दोलन होस् ।
यी सबैमा दलितहरुको महत्वपुर्ण भुमिका रहदै आएको छ । तर देशमा लोकतन्त्र स्थापित भै सक्दा पनि छुवाछुतको नाममा भेदभावले दलितले देशको लागि दिएको आहुति सम्मान नगरी अपमान गर्ने काम भयो दलितले चुलो छोएको कारण कुटिनजसबाट सम्पुर्ण दलित दुः खीत भएकाछन् । बिभिन्न परम्परा मनाउने दलित छन जुन सबै हिन्दुधर्मालम्बि नहुँदा पनि त्यसैमा झिर जस्तो उनिरहेका छन दलित, मगर समुदायमा धेरै त्यस्ता समुदायी छन जुन परम्परा देखी नै गाई गोरु खाने गरेका थिए अहिले पनि लुकिछिपी खाने गरेका छन । यसैकारण प्रहरीले पटक पटक पक्राउ गरेको सुनिरहेका हुन्छौ हिन्दुहरुले आफ्नो आस्थाले मान्ने गाइ, गोरु मान्नु गर्ने बाध्यता मुस्लिम,किश्चियन लगायत केही मगर जाती हरुले पनि खुलेरै बिरोध गर्ने गरेका छन ।
धर्म्निरपेक्ष देशमा सबै धर्म मान्नेले आफ्नै धर्म सस्कृति आफ्नो खुशिले मनाउन पाउन यात ८० प्रतिसत हिन्दु भएको देश हिन्दु राष्टको नारा गलाउदै हिडेका राजनितिक दल पनि रहेका छन उनि हरु सगैँ हिन्दु राष्ट बनाउन लागी सहयोग पुराऔ कित बुद्ध जन्मेको देश बुद्ध धर्म लागुहोस हैन सबै धमनिरपेक्ष देशमा सबै धर्म मान्नेले आफ्नो धर्म अनुसार चल्न पाए मात्र धर्म निरपेक्षताले शार्थक्ता पाउला ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  ७ : ५३ बजे