७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आधुनिकता संगै हराउन थाले पानीघट्ट



शिवलाल सुवेदी, गुल्मी १६ पुस ।
कुटानी पिसानीका लागि प्रयोगमा ल्याइने पानीघट्ट आधुनिकता संगै हराउन थालेका छन । मकै, कोदो, जौ, गहुँ, फापर पिसानी तथा धान कुटानीका लागि प्रयोग हुँदै आएका पानीघट्टहरु आधुनिकतासगै हराउन थालेका हुन ।
लामो समयदेखि जिल्लाको पश्चिमी क्षेत्र ह्वाङदी, अग्लुङ्ग, अर्खवाङ्ग, छापहिले, दलिङ्ग, नेटा, वाझँकटेरी, सिर्सेनी, मरभुङ्ग लगायतका केही स्थानमा गाउँभरि नै पानीघट्टवाट कुटानी पिसानी गरिदै आएको भएपनि पछिल्लो समय आधुनिकतासगै ती पानी घट्टहरु हराउदै गएको स्थानीयले बताएका छन । पछिल्लो समय गाउँगाउँमा बिद्यृतसेवा पुगेपछि अहिले पानीघट्टहरु सवै लोप हुदै गएका हुन । जिल्लाको सवैभन्दा बढी पानीघट्ट साविकको हवाङ्गदी गाविसमा सञ्चालनमा रहेका थिए । उक्त गाउँमा २ दर्जनवढी पानीघट्टहरु सञ्चालनमा रहेका भएपनि अहिलेभने सवै हराउदै गएको स्थानीय ५६ बर्षिय हरि अर्यालले बताए । अहिले गाउँ–गाउँमा कुटानी पिसानी गर्नका लागि मिलहरु आए उनले भने‘ गाउँघरका पानीघट्टहरु सवै बन्द भएका छन ।’ उनका अनुसार अहिले गाउँमा रहेका पानीघट्टहरु कुनैपनि सञ्चालनमा नभएको बताए ।
लामो समयदेखि २ पानी घट्टा संचालन गरेका ह्वाङ्दीकै अर्का पानीघट्ट सञ्चालक झमन सिंह बुढा मगरले पनि अहिले पानीघट्ट चल्न छाडेको बताए । १० बर्ष पहिले १२ हजार लगानी गरेर गाउँमा २ वटा पानीघट्ट चलाएको थियो बुढा मगरले भने‘ महिनामा सरदर १५ हजार रुपैंयासम्म आम्दानी हुने गरेको छ थियो अहिले त गाउँमा मिलह सञ्चालन भएपछि बन्द जस्तै भएको छ ।’ उनका अनुसार खोलाबाट पानी ल्याएर १० देखि १५ मिटरको उचाईबाट काठका डुढीमार्पmत झारेको पानीले १ घण्टामा ३ पाथीसम्म खाध्यान्न पिस्न मिल्ने बताए । अहिले मानिसहरु धेरै सुविधामुखी भए उनले अगाडि थपे‘ पानीघट्टमा कुटानी पिसानी गर्दा समय पनि धेरै लाग्ने डिजेल विद्यृतवाट सञ्चालन भएका मेसिनवाट छिटो हुने भएकाले मानिसहरु कुटानी पिसानीका लागि पानीघट्टको प्रयोग गर्न छाडिसके ।’
यता पानीघट्टा संचालनका लागि पानी बढी आवश्यक पर्ने भएकाले पनि यो झन्झटिलो हुने गरेको छ । पहिले पहिले गाउँमा डिजेल वाट चल्ने मेसिनहरु प्नि नभएकाले कुटानी पिसानीका लागि प्रयोगमा बढी आउने पानीघट्ट सञ्चालक मान बहादुर विकले बताए । पहिले पहिले गाउँमा डिजलले चल्ने मेसिनहरु पनि छिमेकी गाउँमा वरपर थिएनन बिकले भने‘ अहिले त अझ विद्यृत सेवा आएपछि बिद्यृतवाटै मेसिनहरु चलेर कुटानी पिसानी हुन थाल्यो, कस्ले प्रयोग गर्नु पानीघट्ट ।’ ५ वटा पानी घट्टा नियमित संचालन गदै आएका उनले १ बर्ष यता आफ्नै घरका लागि मा पानीघट्ट प्रयोग गदै आएको बताए । ४÷५ बर्ष अगाडिसम्म पानीघट्टा चलाएरै उनले मासिक १५ हजार रुपैंयासम्म आम्दानी हुने गरेको समेत बताए । पहिले–पहिले गाउँभरिको कुटानी पिसानी गरेर मासिक १५ हजार रुपैयासम्म आम्दानी गरिन्थ्यो उनले भने‘ गाउ“लेहरुले पानी घट्टामा कुटानी पिसानी गरेवापत प्रति पाथी ५ रुपैंया दिन्थे अहिले कोही पनि आउन्नन ।’

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  १२ : ३८ बजे