४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

धानको बीउ राख्ने तयारी गर्दै हुनुहुन्छ ? चार कुरामा ध्यान दिनुहोस



काठमाडौं ।
वर्षायामको सुरु भएसँगै किसानलाई यतिबेला धानको बीउ राख्ने चटारो छ । अहिले असार साउने झरिमा मानो लगाइ मुरी उब्जाउने र यस्ले वर्ष भरी नै पुर्याउनु पर्ने भएकोले र धानबाली नेपालको प्रमुख खाद्यान्न बाली भएकोले पनि किसानले विशेष रुपमा ध्यान दिने गर्दछ्न तर उपयुक्त पद्धति र बिधि नअपनाउने कारणले गर्दा धेरै किसानलाई रोप्ने बेलामा बिउको हाहाकार पनि त्यतिकै मात्रामा हुने गर्दछ । यसै कुरालाई ध्यानमा राखी आज हामीले धानको बीउ राख्ने बिधिको बारेमा संक्षिप्त्तमा जानकारी दिने प्रयास गरेका छौ ।
धानको बीउ राख्ने अहिलेसम्म ४ प्रकारका तरिका बिधिहरु छन्, तर नेपालमा हिले बीउ र धुले बीउ नै बढी प्रचलित छन । ती तरिकाहरुको यहाँ छोटकरीमा उल्लेख गरिएको छ।
१. हिले बीउ
२. धुले बीउ
३. ड्यापोग बिधि
४. मोडिफाइड ड्यापोग बिधि

१.धुले बिउ राख्ने तरिका –

जहाँ सिचाइको सुविधा हुँदैन् र आकाडको पानीमा निर्भर पर्नु पर्दछ त्यस्तो ठाउमा धुले बीउ राख्ने चलन हुन्छ ।
बिउको मात्रा-५० केजी प्रति ५०० बर्ग मिटर क्षेत्रफल को लागि , जस्ले १ हेक्टर को लागि रोप्न पुग्दछ ।
माटोलाई एकनास को हुने गरि जोत्ने । बिउ राख्ने नर्सरी को जमीनलाई १-२५ मिटर चौडाइ हुने गरि बाड्नु पर्छ । र लम्बाइ चाहिँ आवश्यकता अनुसार बनाउने । सामान्यतया ८-१० मिटर गर्न सकिन्छ । जसले गर्दा बिउ छर्न, रासायनिक पदार्थ राख्न, सिचाइ आदिको लागि सजिलो हुन्छ । ( बीउ छरेको २/१० दिन सम्म १ केजी एमोनिअएम सल्फेट अथवा ५ केजी युरिया लाई प्रत्येक १०० बर्ग मिटरमा टप ड्रेसिङ छर्नु पर्दछ ।

यदि नाइट्रोजनको कमि महशुस भएको खण्ड मा ०.३/०.६ केजी युरियालाई प्रत्येक १०० बर्ग मिटरमा टप ड्रेसिङ गर्नु पर्दछ ।

यदि जिन्कको कमि देखिएमा २ पटक जिन्क सल्फेट ९ १ हेक्टरको लागि ५ केजी जिन्क सल्फेट र २.५ केजी क्याल्सियम हाइड्रोअक्साइड

१००० लिटर पानीमा घोलेर स्प्रे गर्न सकिन्छ । ० बीउ छरेको पहिलोपटक दस दिन पछि र दोस्रोपटक २० दिन पछी प्रयोग गर्ने सकिन्छ ।

बीउ छरिसकेपछि हलुका मात्रामा माटोले पुर्नु पर्दछ। जसले गर्दा बीउ किरा तथा चराले खानबाट बचाउन सकिन्छ ।

नर्सरीमा बीउ छरेको २०-२५ दिनपछि रोप्नको लागि तयार हुन्छ। बिउ काड्ने बेलामा ३-५ दिन पहिला सिचाइ दिनुपर्छ जस्ले गर्दा बीउ काढ्न सजिलो हुन्छ र बिरुवाको नोक्सानी कम हुन्छ ।

सामान्यतया लगाएको बिउ जति काढेर धेरै दिन सम्म राखेको प्रयोग गर्ने गरिन्छ तर त्यो भन्दा काढेको २४ घन्टा भित्र नै रोप्नुपर्दछ।

२. हिले बीउ राख्ने तरिका

बर्खा को समयमा माटोमा प्रयाप्त चिस्यान भएको अबस्थामा र सिचाइको राम्रो सुविधा हुने ठाउँमा हिले बीउ राख्ने गरिन्छ।

कसरी राख्ने त हिले बीउः

सबैभन्दा पहिला माटोलाई प्रयाप्त सिचाइ गरि ३ देखी ४ पटक सम्म राम्रोसँग हिल्याएर खनजोत गर्नुपर्छ । खनजोत गरेको १/२ दिनपछि नर्सरीको क्षेत्रफललाई १- १.५ मिटरको चौडाइ र ८ – १० मिटरको लम्बाइमा बिभाजन गरेर बिउ छर्नु पर्दछ ।

मल र बिउको मात्रा – धुले बिउमा जस्तै । तर हिले बिउ राख्नु पुर्ब बीउ लाई २४ घन्टा भिजाउनुपर्द्छ र त्यस लाई ३६-४८ घन्टा सम्म इन्कुबेसन गर्नु उपयुुक्त हुन्छ।

बीउ राखिसकेपछि लगातार ५ दिनसम्म लगभग ५ सेमीको उचाई सम्म हुने गरि बिउको नर्सरीलाई भिजाउनु पर्दछ । कहिलेकाही बढी पानी परेको खण्डमा बीउ राखेको १ हप्तामा आवश्यकता अनुसार पानीको सतह घटाउनु पर्दछ । धुले बिउ जस्तै २१-२५ दिन छिटो हुने जातको लागि र ३०-३५ दिनपछि ढिलो हुने जातको बीउ काढ्ने समय हुन्छ।

३. ड्यापोग विधि

यो बीउ राख्ने प्रबिधी नेपालमा फिलिपिन्सबाट भित्रीएको हो र नेपालमा केहि रिसर्च स्टेसनहरुले मात्रै यो प्रबिधी लाइ अबलम्बन गरेको पाइन्छ ।

कसरी राख्ने यस बिधिबाट बीउ ?

यो विधीमा धानको बीउलाई पोलिथिन सिटमा अथवा सिमेन्टको फ्लोरमा अथवा स्टिलको ट्रेमा अथवा केराको पातमा लगाइएको हुन्छ । सबैभन्दा पहिला ब्याडको सतहलाई लाई ४ देखि ५ सेमीको उचाई हुनेगरी निर्माण गर्नु पर्दछ। ब्याडको भागलाई केराको डाठले घेर्नु पर्दछ । जसले गर्दा पानी छर्किदा बीउ बगेर जाने सम्भावना कम हुन्छ । त्यस पछि इन्कुबेसन गरेको बिउलाई ब्याडमा छर्नुपर्दछ ।

बिउको मात्रा – ५० केजी र ४० बर्ग मिटर जसले १ हेक्टर मा रोप्नको लागि पुग्दछ।

बीउ राखिसकेपछि दिनको तीनपटक पानी छम्किनुपर्दछ । चार दिनपछि पानीको सतह १ सेमी कायम राखी राख्नुपर्दछ । बीउ राखेको १२-१४ दिनमा रोप्नको लागि तयार हुन्छ।

४.मोडिफाइड ड्यापोग

यो बिधि नेपालमा खासै प्रयोगमा ल्याइएको छैन ।-कृषिडेलीबाट

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  ८ : ३७ बजे