कपिलवस्तु जेसिजको २१ औँ पदस्थापन सम्पन्न, कसले के भने ?


मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु जेसिजको २१ औँ पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको श्रीपेच होटलमा प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्य र नगर उप-प्रमुख चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यमा पदस्थापन सम्पन्न भएको हो । सोही समारोहका बीच बर्ष २०१९ । २० का अध्यक्ष मनोज कुमार खत्रीले २१ का अध्यक्ष भीमकान्त भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्दै सपथ खुवाउनु भयो ।

सपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष भट्टराइले जेसिजको आस्था र मर्मअनुसार आफुले काम गर्ने बताउनु भयो । उहाँले आगामी दिनमा सामाजिक र मानवीय कार्यसंगै जेसिजको भवन निर्माणलाई पुरा गर्न आवश्यक काम गर्ने बताउनु भयो । साथै उहाँले जेसि अमृत घिमिरेलाई महासचिवमा मनोनयन गर्नु भएको छ ।

यस्तै उहाँले कोषाध्यक्षमा चन्द्रकान्त पोख्रेल (सिके), तालिम संयोजकमा दोर्ण बहादुर जिसी, शाखा सम्पादकमा बाबुराम अर्याललाई मनोनयन गर्नुभएको छ । निर्वाचन मण्डल सदस्य गोपालमणी ज्ञवालीले पुरानो समिति भंग गरी औपचारिक नयाँ समितिको नामावली घोषणा गर्नुभएको थियो । आफ्नो कार्यकाल सफल बनाउन सघाउने सबैलाई खत्रीले सम्मान पनि गर्नुभएको थियो । कार्यक्रममा बोल्नेहरुले कोरोनाको कहरका बीच पनि मनोज कुमार खत्रीले राम्रो कार्य गरेको भनी प्रसंसा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पन्थीले सामाजिक तथा मानवीय कार्यमा सबै तहका सरकार संघ-संस्था मिलेर अगाडी जानु पर्ने बताउनु भयो । आफू जेसिजको परिचयसंग नजिकै रहेको बताउँदै उहाँले अझै जवान् भएर देश विकासमा लाग्न अनुरोध गर्नुभयो । मानिस उमेरले मात्रै बुढो भए पनि बिचार र सोँचमा कहिल्यै बुढो नहुने उल्लेख गर्नुभयो ।

विशिष्ट अतिथि नगर उप-प्रमुख चक्र अर्यालले जेसिजसंग नगरले जहिले पनि सहकार्य गर्ने बताउनुभयो । कोरोनामा पनि संगै मिलेर काम गरिरहेको भन्दै आगामी दिनमा पनि नगरको समृद्धिमा हुने जुनसुकै क्रियाकलापमा नगरले सहयोग गर्ने उहाँले बताउनु भयो ।

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवी रेश्मी, पूर्व अध्यक्ष रमेश चन्द्र भुसाल लगायतले बोल्नु भएको कार्यक्रममा मनोज कुमार खत्रीले तयार पार्नुभएको निर्वाण नामक स्मारिकाको पनि विमोचन भएको थियो ।

May be an image of 6 people, including Sushil Khatri and Manoj Kumar Khatri and people standing

रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेको संचालन, जेसि कमल क्षेत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा कोहलपुरदेखि भैरहवासम्मका जेसिज अभियान्ताहरुको सहभागिता थियो । नयाँ निर्वाचित महासचिव घिमिरेले कपिलवस्तु जेसिज बर्ष २०२१ को थिम अनावरण गर्नुभएको थियो । नेतृत्वमा असन्तुष्ट मानिएको एक समूहको कार्यक्रममा सहभागिता थिएन ।

तस्विरमा पनि हेरौँ

May be an image of 6 people, including Amrit Ghimire and Manoj Kumar Khatri, people sitting and people standing
May be an image of 5 people, including Sushil Khatri and Manoj Kumar Khatri, people standing, balloon and indoor
May be an image of 7 people, including बिष्णु प्रसाद न्यौपाने, people sitting and people standing
May be an image of 3 people, people standing and indoor
May be an image of 1 person, standing, indoor and text that says 'JCI Kapilvastu 21° Installation Program Photography by: PhotoRec Creations श्रीपच'
May be an image of 2 people, people standing and indoor
May be an image of 7 people, including बिष्णु प्रसाद न्यौपाने, people sitting and people standing
May be an image of 3 people, including Dila Bhusal, people sitting, people standing and text that says 'S तिथि प्रमख अतिथि'

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस