१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बाणगंगाको मेयर कपः दोश्रो दिन १५ गोल, कुनकुन वडा बाहिरिए ?



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आइतबारबाट सुरु भएको तेश्रो मेयर कप फुटवल प्रतियोगितामा सोमबार ३ वटा खेल भएका छन् । जसमा वडा नम्बर २, ६ र १० विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
बुद्ध रंगशाला जितपुरमा भएको प्रतियोगितामा वडा नम्बर २ ले वडा नम्ब्र ५ लाई ५–० गोल अन्तरले पराजित गर्न सफल भयो । यस्तै दोश्रो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ९ लाई ६–२ गोल अन्तरले पराजित गर्दा तेश्रो खेलमा वडा नम्बर १० ले वडा नम्बर ११ लाई ४–० गोल अन्तरले पराजित गरेको हो । १० को यो लगातार दोश्रो जित हो । यसअघि १० ले वडा नम्बर ७ लाई हराएको थियो । आजका सबै खेलमा गरेर १५ गोल हुन सफल भयो । पराजित हुने वडाहरु बाहिरिएका छन् ।
प्रतियोगिताच अन्तर्गत भोली दुई वटा खेल हुँदै छन् । पहिलो खेलमा वडा नम्बर १ र ३ भीँड्ने छन् भने दोश्रो खेलमा वडा नम्बर २ र ४ भीँड्ने छन् । मेयर कपकै अवसरमा महिला डोरी तान प्रतियोगिता पनि भइरहेको छ । डोरी तानमा वडा नम्बर ६ विजयी भयो । ६ ले वडा नम्बर ७ लाई पराजित गरेको थियो । डोरी तान भोली पनि हुने छ । नगरपालिकाको आयोजना रहेको प्रतियोगिताको संचालन बाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाइटीले गरेको छ ।
प्रतियोगिताका विजेताले नगद ९० हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टोलीले ६० हजार शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै तेश्रो र सान्त्वना स्थान हासिल गर्ने टोलीले १५ हजार र ट्रफी पाउने नगर प्रमुख मंगल प्रसाद थारुले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७ सोमबार ००:००  ७ : ३२ बजे