१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

वाणगंगामा पनि मनाइयो १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवस



दिपा महत, जितपुर ।
१ सय ११ औ अन्राष्ट्रिय नारी दिवस कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा जिल्लामा विभिन्न राजनैतिक दल तथा तिनका भातृसंस्था, महिला संग सम्बन्धीत संघसंस्था तथा नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।
यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाले पनि एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय नारी दिवस मनाएको हो । कार्यक्रममा नगरपालिकाले नारी दिवसको अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतियहुनेलाई पुरस्कार वितरणगरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य विमला घिमिरेले महिला मुक्ती, महलिा हक अधिकारका लागि थालिएको आन्दोलन समाप्त नभएको बताउनुभयो । उहाले महिला आन्दोलन नसकिएको भन्दै विगतको तुलनामा आन्दोलनका स्वरुपहरु भने परिवर्तन भएको बताउनुभयो । राष्ट्रिय सभा सदस्य घिमिरेले विगतको उपलब्धीलाई रक्षा गर्दै थप उपलब्धीका लागि लड्नुपर्ने बताउनुभयो । अबको लडाई भान्सामा मात्र सीमित नभई राज्यका हरेक निकायमा महिलाको समान प्रतिनिधित्व र समान पहुचका लागि हुनुपर्ने धारणा राख्नुभयो । अझैपनि पुरुषमा सामन्तवादी चिन्तन हाबी भएको भन्दै पुरुषको तुलनामा महिलामा भने केहि कम रहेको र त्यसको अब अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कानुनले तोकेको भन्दा अन्य निकायमा महिलाहरुको ३३ प्रतिशत सहभागीता नहुनु बिडम्बना भएको भन्दै अबको आन्दोलन राज्यका हरेक निकायमा महिलाको समान तथा निर्णायक सहभागितामा केन्द्रित हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य घिमिरेले महिलाले १८ घण्टा आफ्नो घरमा श्रम गरेपनि त्यसको कुनै मुल्याङकन नहुने गरेको भन्दै महिलाले घरमा गरेको श्रमको मूल्य राष्ट्रिय आयसंग जोडिनुपर्ने बताउनुभयो । संबिधानमा महिलाका लागि उल्लेख गरिएका हक अधिकारहरु कार्यन्वयन हुन नसकेको भन्दै अब संबिधानको कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
महिला नेतृ घिमिरेले नेपालमा महिला आन्दोलनको इतिहास गौरवपूर्ण रहेको भन्दै महिलाका मुद्धामा सबै महिला एकपुट भएर लागेमा समस्याहरु केहि हद सम्म भएपनि निराकरण हुने बताउनुभयो ।
घिमिरेले महिला दिवशको अवसरमा एक दिन कार्यक्रम तथा भारण गर्दैमा परिवर्तन सम्भव नहुने भन्दै अब सबैले आफैबाट परिवर्तन सुरु गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्य घिमिरेले महिलाहरुले छोटो कपडा लगाएर बलात्कारका घटना बढे भन्नु अत्यन्त निकृष्ट सोच भएको भन्दै यस किसिमको चिन्तनलाई हटाउन आग्रह गर्नुभयो । देशमा स्वान्त्रता भएपनि पछिल्लो समय छाडा स्वतन्त्रता बढेको भन्दै यसले झन जटिल समस्या निम्त्याउने बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समितीका उप प्रमुख तारावती चौधरीले महिलाहरु श्रम तथा सीपको खानी भएको भन्दै त्यो क्षमतालाई सदुपयोग गर्दै आर्थिक आय आर्जनमा जोडनुपर्ने बताउनुभयो । उहाले महिलाहरु स्वयमपनि बलियो हुन नसक्दा निणर्यक तहमा पुग्न नसेको उहाको भनाई छ ।
यस्तै कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले महिलाहरुको क्षमता विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख चक्र अर्याल, वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, नेपाली कांग्रेस नगर सभापति विष्णु थापा, राष्ट्रिय जनमुक्ती पार्टी प्रतिनिधी तेज बहादुर झेडी, सामाजिक विकास डिभिजन उपसचिव नरेन्द्र बेल्वासे, नागरीक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, अपाङग उत्थान समाज जिल्ला अध्यक्ष कमल ढुङगाना, इन्सेक प्रतिनिधी पार्वती आचार्य, पत्रकार पार्वती पाण्डे लगाएले बोल्नुभएको थियो ।
कार्यक्रम मेयर मंगल प्रसाद थारुको अध्यक्षता, वडा नम्बर १ का वडा अध्यक्ष बाल कुमारी पन्तको स्वागत मन्तब्य र महिला तथा बालबालिका शाखा प्रमुख सुसिला पन्थको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधी, महिला अधिकारकर्मी लगाएतको सहभागिता थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७ सोमबार ००:००  ७ : ४२ बजे