२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

शान्ति समाज कपिलवस्तुद्धारा सबै पालिकामा ज्ञापनपत्र पेश



मायादेवी अनलाइन, चारनम्बर ।
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाले उपभोक्ता अधिकार दिवसको अवसर पारेर सोमबार जिल्लाका सबै पालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

आफुले खरिद गर्ने बस्तुको गुणस्तर र मुल्यमा ठगिन नपरोस् भन्ने उद्धेश्य अनुरुप राज्यले प्रकाशन गरेका सिक्का पैसाको लेनदेनमा धेरै पसलहरुमा आनाकानी हुने गरेको, खाद्यवस्तुमा मिसावट हुने गरेको प्रति ध्यानाकर्षण गराउँदै समाजले जिल्ला प्रशासन कार्यालयसंगै जिल्लाका सबै पालिकामा ज्ञापनपत्र मार्फत ध्यानकर्षण गराइएको हो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य दिलिप कार्कीको नेतृत्वमा कपिलवस्तु शाखा सभापति गोबिन्द पोख्रेल, सचिव माधव घिमिरे, प्रेस संयोजक बुद्धिसागर बेल्बासे, सदस्य राधिका आचार्य, समाजसेवी चतुरभुज पाण्डे लगायतको उपस्थितिमा पालिकामा ज्ञापनपत्र बुझाएको जनाइएको छ ।

जिल्लाको बाणगङ्गा नगरपालिकामा निमित्त प्रमुख खिम बहादुर जिसिलाई समाजले उपभोक्ताको हकहित र संरक्षणमा ध्यान दिन ज्ञापन पत्र बुझाएको समाजका प्रेस संयोजक बेल्वासेले बताउनुभयो ।

No description available.

प्रकाशित मिति : २ चैत्र २०७७ सोमबार ००:००  ९ : ३६ बजे