क्रिकेट रंगशाला निर्माणको लागि हिलवर्ट स्कूलले गर्यो ५१ हजार बढी सहयोग


मायादेवी अनलाइन, चारनम्बर ।

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भन्दै बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले ५१ हजार बढी सहयोग गरेको छ ।

मेची महाकाली अभियानमा हिडेको टोलीलाई विद्यालयमा स्वागत गर्दै विद्यालयले सो नगद रकम हस्तान्तरण गरेको हो । स्कूलका अध्यक्ष दिपक खनाल र प्रबन्ध निर्देशक बुद्धि पौडेलले नगद रकम हस्तान्तरण गर्नु भएको थियो ।

नीजि विद्यालय खाली नाफा कमाउने संस्था मात्र होइनन् सामाजिक काममा पनि आफूलाई लगाउन सक्षम छन् भन्ने सन्देश दिन पनि यो सहयोग गरेको खनालले बताउनु भयो । रंगशाला सबैको गौरवको आयोजना रहेको भन्दै सबैले सहयोग गर्नु पर्ने उहाँको भनाई छ ।

रकम ग्रहण गर्दै फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले विद्यालयलाई धन्यबाद दिनुभयो । विद्यालयको यो सहयोगले आफूहरुको हौसला बढेको भन्दै प्रसंसा गर्नुभयो ।

No description available.

हास्य कलाकार अर्जुन घिमिरे (पाँडे), अभियान्ता अर्जुन भुसाल लगायतले पनि विद्यालयस्तरबाट भएको यो सहयोगले समाजमा राम्रो सन्देश जाने बताउनु भयो । कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य गोपाल भुसाल, सह प्राचार्य कुशल पाण्डे लगायतको सहभागिता थियो ।

No description available.

विद्यालय, शिक्षक र विद्यार्थीबाट सो रकम संकलन गरिएको थियो । यसैबीच सो विद्यालयमा आएर अन्य व्यक्तिले पनि सहयोग गरेका छन् । कार्यक्रमको संचालन सामुदायिक रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो । रकम जुटाउनको लागि न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस