७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तु अस्पताल तौलिहवामा भोलिदेखि आइसियु र मोलिक्युलर ल्याब सेवा



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु जिल्लाको सबैभन्दा ठूलो अस्पताल ’कपिलवस्तु अस्पताल’ मा सेवा सुविधा थप हुँदै गएका छन् । पछिल्लो समय सेवा सुविधा र ब्यवस्थापनमा सुधार हुँदै आएको अस्पतालमा अहिलेसम्म दन्त रोग, आँखा उपचार केन्द्र, फिजियोथेरापी सेवा, कन्सल्टेन्ट सहितको सुविधा प्रदान भइरहेकोमा अब ’सघन उपचार कक्ष (आइ. सि. यु.) र मोलिक्युलर ल्याब सेवा पनि थालनी हुने भएको छ ।

चैत्र २४ गतेबाट यी सेवाको औपचारिक थालनी हुने अस्पताल श्रोतले बतायो । विहान ८ बजे हुने औपचारिक समारोहपछि आइसियू र मोलिक्युलर ल्याबको थालनी हुने मेडिकल सुपरिडेण्टेन्ट डा किशोर वञ्जाडेले बताउनु भयो । यस सेवाको सुरुवातपछि भरपर्दो आइसियूको लागि अब बाहिर धाउन नपर्ने बञ्जाडेले बताउनु भयो । यो सेवापछि धेरैलाई जटिल उपचारमा सहयोग हुने अस्पतालले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७ सोमबार ००:००  ३ : ०९ बजे