१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तु अस्पतालमा आइसियु र मोलिक्युलर ल्याब सेवा सुरु



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु जिल्लाको सबैभन्दा ठूलो अस्पताल ’कपिलवस्तु अस्पताल’ मा सघन उपचार कक्ष (आइ. सि. यु.) र मोलिक्युलर ल्याब सेवासुरु भएको छ । सो सेवाको सांसद अभिषेक प्रताप शाहले उद्घाटन गर्नुभएको हो । सांसद शाखले अब विरामीलाई बुटवल धाउनुपर्ने बाध्यता केहि हदसम्म अन्त्य हुदै जाने भन्दै थप सेवा पनि बिस्तार गरिने बताउनुभयो । पछिल्लो समय सेवा सुविधा र ब्यवस्थापनमा सुधार हुँदै आएको अस्पतालमा अहिलेसम्म दन्त रोग, आँखा उपचार केन्द्र, फिजियोथेरापी सेवा, कन्सल्टेन्ट सहितको सुविधा प्रदान भइरहेको छ । अहिले आइसियु र मोलिक्युलर ल्याब सेवाको सुरुवातपछि भरपर्दो आइसियूको लागि अब बाहिर धाउन नपर्ने मेडिकल सुपरिडेण्टेन्ट डा किशोर बञ्जाडेले बताउनु भयो । यो सेवापछि धेरैलाई जटिल उपचारमा सहयोग हुने अस्पतालले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७ मंगलबार ००:००  ७ : २६ बजे