१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा १२ वर्ष अघिको गोलीकाण्डका अभियुक्त पक्राउ



कपिलवस्तु

कपिलवस्तुमा १२ वर्षअघि ४२ वर्षीय विश्वनाथ यादवलाई गोली हानेर भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले हत्यामा संलग्न असलम मुसलमानलाई पक्राउ गरेको हो । उनलाई यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट पक्राउ गरिएको कपिलवस्तुका एसपी नवराज अधिकारीले बताए ।
कपिलवस्तुको शिवपुरमा १४ साउन २०६५ मा असलामले प्रहार गरेको गोली लागेर विश्वनाथको मृत्यु भएको थियो । जिल्ला अदालतले २ जेठ ०६९ मा असलमलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी फरार थिए । उनीसहित चुलबुल यादव भन्ने हरिलाल यादव, आलमगिर मुसलमान भन्ने आलम शेषले मृतक यादवलाई घरबाट बाहिर बोलाएर घाँटी र दाहिने छातीमा गोली प्रहार गरि हत्या गरेका थिए । मुसलमानलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७ बिहिबार ००:००  ६ : ०२ बजे