१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तु भ्रष्टाचारको उजुरी पर्ने प्रदेशैक दोश्रो जिल्ला, गठन भयो ‘नागरिक जुरी’



मायादेवी अनलाइन, चारनम्बर ।

भ्रष्टाचार न्यूनीकरणका लागि कपिलवस्तुमा ‘भ्रष्टाचार विरुद्धको नागरीक संस्था (नागरिक जुरी) गठन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा एक कार्यक्रम विच सँस्था गठन गरेको छ । आयोगका कार्यालय प्रमुख रमेश ढकालले कपिलवस्तुमा भष्ट्राचार न्यून गर्नका लागि जन चेतनामुलक काम गर्ने गरी सँस्था स्थापना गरिएको बताउनु भयो । गठन भएकोे संस्था, संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता हुने बताइएको छ ।

प्रदेशका १२ जिल्ला मध्ये कपिलवस्तु भ्रष्टाचार भएको धेरै उजुरी पर्ने दोस्रो जिल्ला रहेको छ । चालु आ.व.मा प्रदेश भरी ९९६ उजुरी मध्ये ४३० फच्र्छौट भएको बताइएको छ । कपिलवस्तुमा मात्र चालु आ.व.मा १८० उजुरी परेकाृ थियो । ति मध्ये ६६ फच्र्छौट भएको छ । लुम्विनी प्रदेशका गुल्मी र रुपन्देहीमा सँस्था गठन भई कृयाशिल रहेको बताइएको छ । देश भरीका १५ जिल्लामा नागरिक जुरी गठन भएको ढकालले बताउनु भयो ।

नव गठित सँस्थाले भष्ट्राचार न्यूनीकरणका लागि जनचेतना मुलक काम गर्ने, सार्वजनिक बहस चलाउने, अध्ययन गर्ने, स्थानीय स्तरमा भष्ट्राचार हुन सक्ने क्षेत्रको पहिचान गरी अभियान संचालन गर्ने लगायतका कार्य गर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताउनु भयो । सँस्थाको तर्दथ समितिको अध्यक्षमा शिवलाल यादव, सचिवमा खुमानन्द घिमिरे र कोषाध्यक्षमा पुष्पा रेग्मी चयन हुनु भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७ शनिबार ००:००  ७ : ०४ बजे