५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बाणगंगालाई नेपालकै विकसित र सुग्घर सहर बनाउन लागि परेका छौँः पन्थी



मायादेवी अनलाइन, चारनम्बर ।

प्रदेश सांसद विष्णु पन्थीले बाणगंगालाई नेपालकै सुन्दर सहर बनाउनु पर्नेमा जोड दिनु भएको छ । बाणगंगा र भुप ुसैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गरेको वातावरण स्व्च्छता तथा सरसफाइ व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखिकरण तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले बाणगंगालाई अबका केही बर्ष भित्र स्वच्छ र हराभरा बनाउनु पर्ने बताउनु भएको हो । धेरै कुरामा बाणगंगा समृद्ध भइसकेको र अब फोहर मैला लगायतका केही कुरा ब्यवस्थापन बाँकी रहेको हुँदा यसलाई पनि छिटै समाधान गरिने उहाँले बताउनु भयो । फोहर मैल ब्यवस्थापन नगरको मात्र दायित्व नरहेको बताउँदै सांसद पन्थीले सबैले घरघरमा आफ्नो फोहर आफै ब्यवस्थापन गर्नु पर्ने बताउनु भयो । उहाँले विकास पनि अपत्यारिलो गतिमा भइरहेकाले अबको ५ बर्षभित्र यहाँ धेरै कुरामा कायापलट हुने दावी गर्नुभयो ।

कार्यक्रममा नगरका वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसाल र ९ का वडाध्यक्ष ध्रुव बेलबासेले बोल्दै फोहर व्यवस्थापन र सरसफाइको जिम्मा स्वयम् नागरिकको पनि रहेको बताउनु भयो । यो तालिम अब नगरका सबैलाई चाहिएको बताउँदै उहाँहरुले नगरकार्यपालिकामा यो कुरा राख्ने बताउनु भयो । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र वीक्रम शाहले ३ बर्षभित्र बाणगंगालाई स्वच्छ र हराभरा बनाउन सकिने बताउनु भयो । त्यसको लागि नगरसंग पनि प्रतिवद्धता गरिने उहाँको भनाई छ । यसैबीच उपभोक्ता समितिले आफ्ना सदस्यबीच महिनाको २ पटक टोल विकास समितिको वैठक बस्ने र सबैले घरघरबाट उत्पादन भएको फोहर मैला नफाली घरमै बर्गिकरण गरेर राख्ने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रमका सहभागिले २ दिनको अभिमुखीकरण तालिम निकै प्रभावकारी भएको बताउनु भयो । गजेहडा निवासी दल बहादुर कुँवर र विमला क्षेत्रीले अब घरमा फोहर ब्यवस्थापन गर्ने कुरा पालना गर्ने बताउनु भयो । कार्यक्रममा पत्रकार चन्द्रकान्त न्यौपानेले फोहर मैला सम्बन्धि ब्यङ्ग्यत्माक कविता सुनाउनु भएको हो ।

“सफा पानी सफा बानी सहयोग पुर्याउने भु. पु सैनिक खानेपानी” भन्ने मुला नाराका सम्पन्न तालिममा प्रशिक्षकको रुपमा वालिङ नगरपालिकाका अधिकृत पदम प्रसाद पाण्डे र कृष्ण भण्डारी रहनु भएको थियो । तालिममा मिति मातहतका सय बढी उपभोक्ताहरुको सहभागिता थियो ।

No description available.

प्रकाशित मिति : ३० चैत्र २०७७ सोमबार ००:००  ८ : २१ बजे