२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

भूमि आयोगका कपिलवस्तु अध्यक्ष पौडेल दुर्घटनामा



मायादेवी अनलाइन, चारनम्बर ।
भूमि सम्बन्धि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष कृष्ण पौडेल दुर्घटनामा पर्नुभएको छ । सदरमुकाम तौलिहवामा रहेको आयोगको कार्यालयमा जानेक्रममा अचानक पौडेल मोटरसाइकल दुर्घटनामा पर्नुभएको हो । उहाँसंगै आयोगकी सदस्य मञ्जु चौधरी पनि घाइते हुनुभएको छ । चौधरी पौडेलसंग मोटरसाइकलमा सवार हुनुहुन्थ्यो ।

आफैले चलाएको अवस्थामा एक्कासी मोटरसाइकल अनियन्त्रित भई पल्टिदा उहाँको छातीमा चोट लागेको जनाइएको छ । उहाँलाई थप उपचारका लागि बुटवलस्थित क्रिमशन अस्पतालमा लगिएको नेकपा (एमाले)का जिल्ला अध्यक्ष झविलाल पोख्रेलले मायादेवी अनलाइनलाई बताउनुभयो । उहाँका अनुसार अहिले दुवै जना खतरामुक्त हुनुहुन्छ ।

पौडेल नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ । जिल्लामा लामो समयदेखि एमालेको सक्रिय राजनीति गर्नुभएका पौडेल हालै मात्र सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग कपिलवस्तुको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ५ : ४० बजे